arrow

रोपाई गर्न गोलाप्रथा

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७७ असार १५ सोमबार
ropai-mugu.jpg

मुगु। आज धान दिवश देशभर किसानहरु धान रोप्नका लागि आफ्ना खेतहरुमा विहानै व्यस्त रहेका बेला मुगुको एउटा गाँउमा रोपाई गर्नका लागी गोलाप्रथा गरिएको छ। मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं ३ निगाले गाँउका स्थानीयहरुले गाँउ नजिक रहेको जिउलोमा कसले कुन दिन आफ्ना खेतमा रोपाई गर्ने भनेर एकआपसमा चिठ्ठा(गोलाप्रथा) गरेका हुन।

खेतमा रोपाई गर्नका लागि गत ६ गते नै गोलाप्रथा गरेपनि आज धान दिवशका दिन देखि आफुलाई परेको गते अनुसार धान रोप्न शुरु गरेको निगाले गाँउका स्थानीय गोकर्ण रोकायाले बताए।

जिउलोमा रहेका ३०० बढी खेतहरुमा अगाडि रोपाई गर्न गाँउलेहरुले एक आपसमा भिड्ने र गाँउ सानो भएकाले रोपनेरी, हली र गोरुको अभाव हुने भएकाले प्रतिस्प्रधान नहुने, जनशक्ति पनि उपलब्ध हुने भएकोले चिठ्ठा हाल्ने गरिएको अर्का स्थानीय जानदेवी रोकायाले बताए।

४ बर्ष यताबाट रोपाई गर्न चिठ्ठा हाल्न थालिएपछि गाँउलेहरु आफ्नो पालो परेको दिनमात्र रोपाई गर्ने गर्छन। गोलाप्रथा अनुसार रोपाई गर्न थालिएपछि रोपाहा, खेताला, गोरु र पानीको अभाव हुने गरेको छैन, गाँउलेहरुबीच रोपाई कै विषयलाई लिएर झगडा हुने क्रम रोकिएको छ।

चिठ्ठामा रोपाई गर्ने महिना गते उल्लेख गरिएको हुन्छ जसलाई जुन गते महिना पर्छ सोहि दिन मात्र आफ्ना खेतहरुमा रोपाई गर्नुपर्ने हुन्छ। यो बर्षको चिठ्ठा हाल्ने काम भैसकेको र सोहि अनुसार सोमबारबाट निगाले जिउलोमा रोपाई शुरु भएको गाँउलेहरु बताउछन।

जिल्ला सदरमुकालाई बाहै महिना तरकारी उपलब्ध गराउने यो गाँउ जिल्लाका अन्य गाँउहरु भन्दा नमुना मानिन्छ। यो गाँउमा जाने सरकारी तथा गैर सरकारी संघ सस्थाहरुको योजना तथा कार्यक्रम विना विवाद गाँउलेहरुको सहमतीमा पारदर्शि रुपमा सम्पन्न हुदै आएका छन।

निगाले जिउलोमा धान ,गहु, जौका अलवा यो बर्षबाट लसुन खेती पर्न गर्न थालेको र यो बर्ष लसुन उत्पादन राम्रो भएको बताईएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ