arrow

अमिताभलाई सुप्रीम कोर्टको झटका, खुल्दै पुरानो आयकरको फन्डा

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
ab.jpg.jpeg
एजेन्सी । बलिउड महानायक अमिताभ बच्चनलाई सुप्रीम कोर्टले ठुलो झट्का दिएको छ  । सर्वोच्च अदालतले आयकर विभागको अपिलपछि  बम्बई हाईकोर्टको निर्णयलाई रद्द गर्दै उनीविरुद्ध १४ बर्ष पुरानो मामिला खोल्न अनुमति दिएको हो ।
 
अब आयकर विभाग अमिताभसँग सन् २००२-०३ को आय जाँच गर्नेछ ।
 
आयकर विभागले सुप्रीम कोर्टमा आवेदन पेश गरेर अमिताभले सन् २००२-०३ मा कमाईको १.६६ करोड रुपैया कम ट्याक्स  तिरेको आरोप लगाएको छ ।
 
आर्थिक वर्ष २००२-०३ को क्रममा अमिताभ बच्‍चनले केबीसीबाट हुने आयलाई कम दिखाएर आयको केहि हिस्सा मात्र आफ्नो आयमा देखाए । जबकि ठुलो हिस्‍सा एबीसीएलमा देखाएका हुन् ।
 
अदालतले आयकर विभागको अपिलपछि बम्बई हाईकोर्टको निर्णयलाई रद्द गर्दै इनकम ट्याक्स विभागलाई फेरि सो केसलाई खोल्न अनुमति  दिएको हो ।
 
यस मामिलामा जुलाई,२०१२ मा बम्बई हाई कोर्टले आयकर अधिकृतको आवेदनलाई खारिज गर्दै अमिताभलाई  राहत दिएको थियो ।
 
हाई कोर्टले आफ्नो निर्णयमा आयकर बितरणको निर्णयलाई अखण्ड राख्दै असेसमेन्ट अफिसर द्वारा सेक्शन १४७ बाट गरिएको कारबाही अनुचित हो भनेको थियो ।
 
त्यसपछि आयकर विभागले सुप्रीम कोर्टमा अपील दर्ता गर्‍यो जसमा बुधवार कोर्टले यस्तो फैसला गरेको हो । फैसाला अनुसार अमिताभले अब १.६६ करोड रुपैया बाकि ट्याक्स तिर्नुपर्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ