- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। आईएमएस ग्रुपले स्मार्टडोकमा पर्याप्त हिस्सेदारी लिदै लगानीको लागि सम्झौता गरेको छ। स्मार्टडोको नेपालको ठूलो ई–कमर्स प्लेटफर्म हो। कम्पनीले विगत चार बर्ष देखि अनलाइनबाट गुणस्तरीय सामानहरू अर्डर गर्ने र ग्राहकको ढोकामा पुर्याउदै आएको छ।
यस कम्पनीले रिंगरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लूसिभ उत्पादनहरू, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी जस्ता बिशेषताहरु सहित ई–कमर्स प्लेटफर्म संचालन गर्दै आएको छ। “नयाँ युग डिजिटल हुँदै गइरहेको साथसाथै स्मार्टफोन र अनलाइन क्षेत्रमा तिब्रगतिले विश्वव्यापी ई–कमर्समा ठूलो वृद्धि भइरहेको छ । त्यसैले आईएमएस ग्रुपले स्मार्टडोकोमा थप रुपमा लगानी गर्ने निर्णय जनाएको छ।
कम्पनीले हालको आवश्यकताहरू सम्बोधन गर्न र डिजिटल वल्र्डको साथ जारी राख्न एक क्लिक समाधान प्रदान गर्नका लागि स्मार्टडोकोमा लगानी गर्ने निर्णय गरेको आईएमएस ग्रुप अध्यक्षका दिकेश मलहोत्राले बताए।
उनले भने, हाम्रो प्राथमिक उद्देश्य, स्मार्टडोकोको ग्राहक अनुभवमा उल्लेखनीय बृद्धि गर्नु हो। हामी ग्राहकहरूको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत छौं। हाम्रो प्रमुख प्रयास ग्राहकहरूका जिज्ञासाहरुलाई सम्बोधन गर्नु र निर्देशित गर्नु हो। साथै स्मार्टडोको पुनः ब्रान्डिङ्ग गर्नको लागि हाम्रो शुरुवाति चरणको रूपमा स्मार्टडोको नयाँ लोगो प्रस्तुत गरेका छौं। हामीलाई पूर्ण विश्वास छ कि हाम्रा रहिरहेका र नयाँ ग्राहकहरूलाई सन्तुष्टि प्रदान गर्न सक्नेछौं।