arrow

डीटीसी हगकंग टि–२० ब्लिट्ज क्रिकेटमा सन्दिप र माईकल क्लार्क एउटै टोलीमा

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
t-20-new.jpg.jpeg
एजेन्सी । यही मे २७ देखी २९ सम्म हङकङमा हुने डीटीसी हङकङ टि–२० ब्लिट्ज प्रतियोगिता नेपाली युवा स्टार सन्दिप लामिछाने र अष्ट्रेलियाका पूर्व कप्तान माईकल क्लार्क एउटै टोलीबाट खेल्न लागेका छन् ।
 
३ दिन सम्म चल्ने सो क्रिकेट प्रतियोगितामा ४ टोलीले सहभागिता जनाउने छन् । यसअघि खेलाडी छनोटमा सन्दिप लामिछानेलाई कब्लून केंटनले अनुबन्ध गरेको थियो । 
 
बुधबार हङकङ क्रिकेट एशोसियशनले अष्ट्रेलियाका पूर्व खेलाडी तथा सन् २०१५ को विश्वकप विजेता टोलीका कप्तान रहेका माइकल क्लार्कले कब्लून केंटनको तर्फबाट डीटीसी हङकङ टि–२० ब्लिट्ज प्रतियोगिता खेल्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ