arrow

फिलिपिन्सको राष्ट्रपतिमा रोड्रिगो डुटेर्ते विजयी

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
Rodrigo-Duterte.jpg.jpeg
दाभाओं (फिलिपिन्स)  । फिलिपिन्समा राष्ट्रपतिका लागि सोमबर भएको निर्वाचनमा रोड्रिगो डुटेर्ते विजयी भएका छन् । मङ्गलबार सार्वजनिक परिणाममा आफू राष्ट्रपति पदमा विजय भएपछि उनले अबका दिनमा अपराध नियन्त्रणको लागि प्रतिज्ञा गरेको समाचारमा जनाइएको छ । डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका थिए । 
 
डुटेर्ते फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत हन् । उनी उक्त दाभोओ सहरमा २२ बर्षसम्म मेयर भएका थिए । उनले ३९ प्रतिशत मत हासिल गरे  भने उनको निकतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय भए। 
 
फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । डुटेर्तेले राष्ट्रपति पदको सपथग्रहण आगामी जुन ३० मा गर्ने कार्यक्रम रहेको जनाइएको छ ।एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ