arrow

युवकलाई देखेर सन्त रबिया किन हाँस्दै रोइन् ?

सन्त रबियाको सन्देश

logo
प्रकाशित २०७७ असार १५ सोमबार
sant-rabiya.jpg

काठमाडौं । प्रसिद्ध मुसलिम महिला सूफी सन्त रबिया जंगलमा बसेर प्रकृतिको मनोरम दृश्यहरू हेर्दै आनन्द लिईरहेकी थिइन् । उनले आफूदेखि केहि पर बसेका परेवा र अरु अनेकौं चराहरुको अगाडि अन्नका दानाहरू छरिदिन्थिइन् अनि जोडले हाँस्थिइन्। त्यहि समय वहाँ केहि युवा केटाहरू आए अनि महान सूफी सन्तलाई श्रद्धापूर्वक प्रणाम गरेर उनको सामु बसे ।

रबिया ती सुन्दर युवकहरूलाई देखेर जोडले हाँसिन्, फेरि केहिबेरमा उनको मुहार मलिन भयो अनि रुन थालिन्। त्यो देखेर युवकहरूले केहि आश्चर्य मान्दै सोधे, हे माता! तपाईं पहिले त हाँस्नु हुँदै थियो, अब अचानक किन रुन थाल्नु भयो?

रबियाले जवाफमा भनिन्, परमात्माले कति सुन्दर संसारको रचना गर्नुभएको छ अनि कति बुद्धिमान मनुष्यलाई बनाउनुभएको छ। हामी प्रभुको यस अद्भुत देनको सदुपयोग गर्नुको बदलामा आपसमा ईर्ष्या-द्वेष, लडाई-झगडा गरिरहन्छौं, हाम्रो आपसमा मेल-मिलाप, सद्भाव छैन । यसरी हामीले पशुहरूको जस्तो जिन्दगी बिताउनमा नै सारा जीवन गुमाउँदछौं ।

रबियाले फेरि युवकहरुलाई उपदेश दिंदै सम्झाइन्, यदि आफ्नो मनुष्य जीवन सार्थक बनाउन चाहन्छौ भने सात्विक जीवन बिताउ, प्राणीहरूमा मात्र सद्भावना प्रेम राख, आफ्नो हातले असक्त, रोगी र दीन-दुःखीहरूको सेवा गर्ने समय निकाल । असलमा सेवा प्रभु उपासनाकै एउटा रूप हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ