arrow

भारतमा टीकटक, वीच्याट, लाइकी सहित ५९ चिनियाँ एपमाथि प्रतिवन्ध

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १५ सोमबार
tiktok.jpg

काठमाडौं। चीन र भारतबीच जारी तनावकै समयमा सोमबार भारतले चीनका ५९ वटा एपहरुमा प्रतिवन्ध लगाएको छ। भारतको यो घोषणासँगै सामाजिक संजालमा चर्चित रहेको टीकटक सहितका ५९ एप भारतमा सोमबारदेखि डाउनलोड गर्न सकिने छैन। भारत सरकारको यो घोषणालाई चीन बिरुद्ध डिजीटल स्ट्राइकको रुपमा भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। 

टीकटक, यूसी ब्राउजर, वीमीट, वीच्याट, शेयर इट, लाइकी लगायतका भारतमै लोकप्रिय चीनमा निर्मित एपहरु भारतले भारतभर चल्न नमिल्ने गरेको हो। यि एपहरुका माध्यमबाट भारतीय नागरिकहरुको डाटा चीनबाट सुरक्षित हुन नसक्ने भन्दै भारतले ५९ चिनियाँ एपहरुमा प्रतिवन्ध लगाएको भारतीय मिडियामा उल्लेछ। 

भारत सरकारको यो घोषणासँगै अब भारतभर ति ५९ एपहरुको डाउनलोड हुन सक्ने छैन। सोमबारसम्म भारतीय नागरिकले संचालन गरिरहेका सबै ५९ एप नचलाउन भारतीय मिडियाले लविङ गरेका छन्।  

भारतीय साइवर स्पेस र इन्टरनेट प्रयोगकर्ताहरुको सुरक्षालाई मध्यनजर गर्दै ति एपहरुमा प्रतिवन्ध लगाएको भारत सरकारले जनाएको छ।    

चीनका ५९ एपको भारतमा ठूलो संख्यामा उपभोक्ता रहेका छन्। टीकटकको मात्र भारतमा २० करोड उपभोक्ता रहेका छन्। यि एपमाथिको प्रतिबन्धले ठूलो मात्रामा यि कम्पनीहरुको आयमा प्रभाव पर्ने बताइएको छ।  

यस अघी भारतले चीनका विभिन्न कम्पनीलाई दिएका ठेक्का समेत रद्धको घोषणा गरेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ