arrow
ADVERTISEMENT

स्याङ्जामा व्यवसायीक तथ्याङ्क संकलन

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ वैशाख २९ बुधबार
Syangja-hamrakura.jpg.jpeg
स्याङ्जा । जिल्ला तथ्यांक कार्यालय स्याङ्जाले व्यावसायिक रजिष्टरको तथ्यांक संकलन प्रक्रिया शुरु गरेको छ । जिल्लाका व्यासाय/उद्योगीका सम्पूर्ण विवरण संकलन गरि अद्यावधिक गर्नका लागि यो प्रक्रिया स्याङ्जामा शुरु गरिएको हो । केन्द्रिय तथ्याङ्क विभागले आर्थिक सर्वेक्षण गर्ने उदेश्यका साथ जिल्लामा रहेका उद्योगी व्यवसायीहरुको तथ्याङ्क संकलन गर्न लागिएको जिल्ला तथ्याङ्क कार्यालयले जनाएको छ ।
 
 औपचारीक तथा अनौपचारीक तवरबाट स्याङ्जामा कतिले व्यवसाय गरेका छन् भन्ने विषयमा तथ्याङ्क संकलन गर्न खोजेका हौ, जिल्ला तथ्याङ्क कार्यालयका प्रमुख रामप्रसाद वाग्लेले भने,“ यस कार्यबाट व्यवसायको लागत र व्यवसायी छुट्टीने छन् ।” जसले गर्दा कति व्यवसायले राजस्व तिरेका छन् कतिले तिरेका छैनन् यो पनि तथ्याङ्कमा आउने छ वाग्लले थपे ।
 
 अहिले जिल्लामा उद्योगी व्यवसायको तथ्याङ्क संकलन गर्नेको तयारीमा छौ भने अर्को तर्फ माछापालन गर्ने किसानहरुको पनि तथ्याङ्क संकलन गरिरहेका छौ वाग्ललेले जानकारी दिए । 
 
जिल्ला तथ्याङ्क कार्यालयले जिल्लामा वर्कसर्प संचालकहरुको पनि लागतका लागि तथ्याङ्क संकलन गर्ने तयारीमा जुटेको छ । राष्ट्रिय योजना आयागको मातहतमा रहने तथ्याङक कार्यालयले व्यवसाय र कृषि फार्महरुको लागत संकलन गरि आर्थिक समृद्धिका लागि योजना बनाउने तयारी गरिरहेको छ । 
 
यस कार्यलाई अझै प्रभावकारी बनाउन जिल्ला तथ्याङ्क कार्यालयले  नेपाल तथ्यांकीय व्यावसायिक रजिष्टर समन्वय समिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा स्थानीय विकास अधिकारी महेश भट्टराई रहेका छन् । भट्टराईको अध्यक्षतामा बनेको समितिमा सरोकारवाला सरकारी निकायका प्रमुख र उद्योग वाणिज्य संघ सदस्य रहेको तथ्याङ्कले जनाएको छ । 
 
स्थानीय विकास अधिकारी महेश भट्टराईले रजिष्टर तथ्यांक संकलन प्रक्रिया सबै पक्षसँगको समन्वय र सहयोगबाट सार्थक हुने बताए । उनले तथ्यांक संकलन गर्दा आधिकारिक र एकरुपता हुनुपर्नेमा जोड दिए । केन्द्रिय तथ्याङ्क विभागको निर्देशन अनुसार समिति गठन गरिएको सुपरीवेक्षक सुरेन्द्रराज पौडेलले जानकारी दिए । स्याङ्जाका चार नगरपालिका र ५३ गाविसमा यो तथ्याङ्क संकलन हुनेछ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ