हिमालय एयरलाइन्स र ह्वावेबीच हस्ताक्षर

प्रकाशित मिति : २०७७ असार १६ मंगलबार

काठमाडौं । हिमालय एयरलाइन्स र ह्वावेबीच योजनाबद्ध सहयोग एमओयू सम्झौतापत्रमा हस्ताक्षर भएको छ । हिमालय एयरलाइन्स र ह्वावेबीच ललितपुरस्थित ह्वावे टेकनोलोजिज नेपालको कार्यालयमा सहकार्य सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर भएको हो ।

हिमालय एयरलाइन्सका सीईओ जोउ एन्याङ्ग र ह्वावे टेकनोलोजिज नेपालका सीईओ डेङ्गशुइगेनले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । जाङ्ग फ्यान, नेपालमा चिनियाँ दूतावासका वाणिज्य सल्लाहकार, वाङ्गपिङ्ग, तिब्बत स्वायत्त क्षेत्रको वाणिज्य विभागको उपमहानिर्देशक, जन गणतान्त्रिक चीन, जउ डन्जिन, ह्वावे एशियन प्यासिफिक क्षेत्र क्लाउडका अध्यक्ष र एआई व्यवसाय र नेपालका अन्य उद्यमहरूका प्रतिनिधिहरूले यस अवसरमा ह्वावे अनलाइन भिडियो कन्फरेन्स प्रणालीको प्रयोग गरेर साक्षीको रूपमा भाग लिएका थिए ।

हिमालय एयरलाइन्सका अनुसार उनीहरू ह्वावे, विश्वकै अग्रणी आईसीटी समाधान प्रदायकलाई छनौट गर्न धेरै खुसी छन्, जुन साझेदारको रूपमा संसार भरका विभिन्न उद्योगहरूको डिजिटल रूपान्तरणको समृद्धीमा अनुभवी छ र एक अर्काबीच योजनाबद्ध सहयोग सम्बन्धको निर्माण गर्दछ ।

हिमालय एयरलाइन्स डिजिटल रूपान्तरणको मुख्य चरणमा छ । ह्वावेसँग योजनाबद्ध साझेदारी स्थापना गरेर र यसका साझेदारहरूसँग इकोसिस्टममा सहयोग गरेर हिमालय एयरलाइन्सले आफ्नो डिजिटल रूपान्तरणको गति बढाउनेछ र कम्पनीलाई छिटो विकासको नयाँ चरणमा धकेल्ने हिमालय एयरलाइन्सले जनाएको छ । 

उन्नत डिजिटल टेक्नोलोजीको साथ नेपाल नागरिक उड्डयन उद्योगमा योगदान दिन नेपालको ह्वावे स्थानीय टोलीसँग मिलेर काम गर्ने पनि बताइएको छ । 

ह्वावेका प्रतिनिधिले ह्वावेको क्लाउड र एआइ टेक्नोलोजीले हिमालय एयरलाइन्स मार्फत व्यवस्थापन र वित्तीय प्रणालीको डिजिटलकरणका साथै आन्तरिक दक्षता सुधार गर्न सकिने बताएका छन् । 

ह्वावे क्लाउड सेवा टोली र ह्वावे नेपाल स्थानीय समर्थन टीम दुवैको प्रतिबद्धताले हिमालय एयरलाइन्सको डिजिटल रूपान्तरण सुधार हुने र कम्पनी नेपाली बजारमा अधिक प्रतिस्पर्धी हुने दावी गरिएको छ । ह्वावेले हिमालय एयरलाइन्सलाई दुई कम्पनीको योजनाबद्ध सहयोगको शुरुवातको रूपमा क्लाउड सेवाहरू प्रदान गर्ने जनाइएको छ ।

२० को दशकको प्रारम्भदेखि कम्प्यूटिङ्ग उर्जा उत्पादकत्वको नयाँ स्रोत बन्न गएको छ, डाटा नयाँ कच्चा पदार्थ हुन् र ंएआइफाइभजी उत्पादनका नयाँ उपकरणहरु भएको बताइन्छ । 

हाल ५ सय ग्लोबल कम्पनीहरु मध्ये २ सय २८ र १ सय विश्वको शीर्ष उद्यमहरूमध्ये ५८ ले ह्वावेलाई डिजिटल परिवर्तनको लागि विश्वासिलो साझेदारका रुपमा चयन गरेको बताइएको छ । ग्लोबल नोड कभरेज र इकोसिस्टमको साथ साझेदार वा विकासकर्ताहरूले ह्वावे क्लाउड प्लस एआई छन् र ठूलो डाटा जस्ता इन्टेलिजेन्ट अनुप्रयोगहरूको समर्थन गर्नको लागि सेवाहरू लिन सक्दछन् ।

आजसम्म, ह्वावे क्लाउडले २ सय भन्दा बढी क्लाउड सेवाहरू प्रदान गरेको छ जसमा १ सय ९० भन्दा बढी विशिष्ट उद्योग समाधानहरू वित्तीय सेवाहरू, ईकर्मस, लजिस्टिक, स्वास्थ्य सेवा, शिक्षा र आदिबाट रहेको बताइएको छ । 

ह्वावे क्लाउड उच्चप्रदर्शन र उच्च विश्वसनीयता उपकरणबाट बनेको र एआइ चिपसेटले जडित रहेको बताइएको छ । ह्वावे क्लाउडमा डाटा सुरक्षा र प्रयोगकर्ता गोपनीयता अनुपालन पहिले भन्दा बढी सुरक्षित भएको दावी गरिएको छ । 

ह्वावे क्लाउडले सरकार, उद्यम र डिजिटल परिवर्तनमा क्यारियरलाई ठूलो फाइदा पुर्याउने दावीसमेत गरिएको छ । नेपालको इन्टरप्राइज आईटी सेवाहरूको भर्खरको अध्ययनबाट यो देखिन्छ कि ११ उद्योगहरूको ७४ प्रतिशत (मिडिया, मनोरन्जन, एयरलाइन्स, सामान्यखुद्रा, ईकमर्स) उच्चउपकरणको लगानी घटाउन, जटिल मर्मत सम्भारबाट बच्न, सेवा विश्वसनीयता सुनिश्चित गर्न, आईटी सेवा डिजिटल गर्ने उपकरणको रूपमा क्लाउड सेवा छनौट गरेको बताइएको छ ।

नेपाली बजारमा डिजिटल रूपान्तरण परामर्श र वितरण सेवाहरू उपलब्ध गराउनका लागि जनवरी २०२० मा ह्वावे नेपाल अफिसले क्लाउड एन्ड एआई (क्वाउड र एआई) स्थानीय टोली स्थापना गरेको थियो जसले केवल स्थानीय सरकार, उद्यम र वाहकहरूलाई समर्पित सेवाहरू प्रदान गर्ने दावी गरिएको छ । 

नयाँ