arrow

एमाओवादी भित्र थेगिनसक्नु असन्तुष्टी, युवराज लामाले राजीनामा ठोके (पूर्ण पाठसहित)

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
Yubraj-Lama-new.jpg.jpeg
काठमाडौं । एककिकृत माओवादी माओवादी विचार धाराका विभिन्न सहमूह र संगठनसंग एकता गर्ने भन्दै हिँडिरहेका बेला पार्टी भित्रैबाट विभिन्न समस्याहरु सिर्जना हुन थालेका छन् । एकिकृत माओवादीभित्र एक पछि अर्को असन्तुष्टी आउनु हिजो आजा नौलो लाग्दैन । 
 
यद्यपि, नेपाली खेल क्षेत्रमा निकै रवाब जमाएका युवराज लामाको राजीनामाले फेरि पार्टी संगठनमा हलचल आएको छ । लामाले असन्तुष्टी जनाउँदै एमाओवादीको अखिल नेपाल खेलकुद महासंघको अध्यक्षपदबाट राजीनामा दिएका हुन् । उनले मंगलबार एमओवादी फ्याक्सन इन्चार्ज लीलाबहादुर थापा सामु राजीनामा दिएका हुन् । 
 
लामाले फ्याक्सनको २५ वैशाखमा बसको बैठकले अखिल नेपाल खेलकुल महासंघलाई फ्याक्सन कमिटीले नै अघि बढाउने र काम कारबाही अघि बढाउने निर्णय गरेकाले आफु महासंघको अध्यक्ष रहिरहनु नैतिकताका आधारमा उपयुक्त नहुने भन्दै राजीनामा लेखेका छन् । राजीनामाको विषयमा लामालाई सोध्न खोज्दा मोवाइलमा सम्पर्क हुन सकेन ।
 
लामाले आफु राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव बनाउन पहल गर्नेहरुलाई सम्झेका छन् ।एमाओवादीको कोटामा सदस्य सचिव भएका लामाले खेलकुद क्षेत्रमा सक्रियता देखाए तर मनोमानी समेत उत्तिकै गरे । लामा सदस्य सचिब हाली हुँदै चार वटा खेलकुद संघको अध्यक्ष समेत थिए । नियमानुसार कुनै एक व्यक्ति एक संस्था बाहेक अन्य संस्थामा उच्च पदमा रहन पाउँदैन । 
 
राजीनामा पत्र 
 
                                                                                                                                                                                                                                                                     मिति २०७३।०१।२८
 
श्रीमान लीलाबहादुर थापा ज्यु ।
फ्याक्सन इन्चार्ज, अखिल नेपाल खेलकुद महासंघ ।
एनेकपा माओवादी, केन्द्रीय कार्यालय, पेरिषडाँडा, काठमाण्डौं ।
 
विषय : अखिल नेपाल खेलकुद महासंघको अध्यक्षवाट राजीनामा दिएको सम्बन्धमा ।
 
उपरोक्त सम्बन्धमा पार्टी फ्याक्सनको २५ बैशाखमा बसेको बैठकले अखिल नेपाल खेलकुद महासंघलाई फ्याक्सन कमिटीले नै अघि बढाउने र काम–कार्यवाही गर्ने–गराउने निर्णय भएकाले महासंघको अध्यक्ष रहिरहनु नैतिकताका आधारमा उपयुक्त नरहेको मूल्याँकन गरेको छु । इन्चार्ज क., म ०६५ सालमा यस्तो बेलामा समाजमा स्थापित १०७ चलचित्र कर्मिको नेतृत्व  गर्दै पार्टी प्रवेश गरेको थिएँ, जतिवेला पार्टी सरकारमा थिएन । तर, पार्टीले बोकेका परिवर्तनका एजेन्डाहरुले मलाई त्यस अभियानमा संलग्न गराइछाड्यो । म पद, प्रतिष्ठा र पैसाकालागी पार्टी प्रवेश गरेको होइन र छैन पनि । समाजले कलाकार, निर्माता र निर्देशकका रुपमा मलाई गर्ने माया नै मेरो लागि पर्याप्त छ ।
 
पार्टीले लिएका एजेन्डाहरु नयाँ संविधानमा लेख्न सफल भएको गौरवपूर्ण वर्तमानले मलाई धेरै खुसी बनाउँछ । पार्टीका श्रद्धेय अध्यक्ष क.प्रचण्ड, महासचिव क.कृष्णबहादुर महरा, पूर्व खेलकुद मन्त्रीहरु क.हितबहादुर तमाङ र क.कमला रोका, तत्कालिन युवा तथा खेलकुद इन्चार्ज क.गणेशमान पुन र कं गणेश भण्डारी आदिले मलाई जिम्मेवारी दिन देखाउनु भएको सदासयतालाई मेरो हृदयले सधैं धन्यबाद दिइरहने छु । इन्चार्ज क. तर, महासंघ र एनेकपा माओवादी पार्टी भित्र घुर्काउने, दंङ्याउने, पद र पैसाको पछाडि प्राण फ्याँकेर हिड्ने प्रबृत्ति मेरालागी चुनौतीपूर्ण रुपमा 
 
देखापरे । पार्टीको केन्द्रीय नेतृत्वमा रहेका कम्रेडहरु नै उचाल्ने, पछार्ने, धाउन् र खुवाउन् भन्ने कार्यमा संलग्न भएको देख्नुपर्दा मलाई दुखलागि रह्यो । यस्तो बिकृत कार्यमा प्रतिस्पर्धी हुने र पद हत्याउने कार्य मेरा निम्ति सोच्नपनि नसकिने विषय हुन् । पार्टी र भातृ संगठनहरुमा नयाँ र पुरानाको नाममा हुने गैह्राजनीतिक विभेदले समेत म र मजस्ताहरुको मन दुख्दै आएको छ । इन्चार्ज क. यो ५६ बर्षको उमेरमा समेत मसँग विरोधी पार्टी र शक्तिसँग भिड्ने सामर्थ अझै बाँकी छ । तर, म पार्टीमा छोराका उमेरका युवाहरुसँग पौठेजोरी खेलेर आत्मग्लानी पिउँदै बस्न सक्ने अवस्थामा चाहिं छैन । यस्तो कार्य मेरो उमेर, अनुभव र नैतिकताले समेत दिनेछैन ।
 
इन्चार्ज क. म पार्टी र संगठनले लिएका नीति र निर्देशनभन्दा टाढा रहने छैन । पार्टी र खेलकुदको विकासकालागी आवश्यक प्रत्यक्ष–परोक्ष सहयोगकालागी म सधैं तयार रहने प्रतिज्ञा गर्दै महासंघको अध्यक्ष पदवाट मैले दिएको राजिनामा स्वीकृतीकालागी सम्वन्धित कमिटीमा दर्ता गराई सहयोग गरिदिन हुन अनुरोध  गर्दछु ।
धन्यबाद ।
 
युवराज लामा
अध्यक्ष, अखिल नेपाल खेलकुद महासंघ

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ