arrow

गायनमा जमेका राजनराज र मिलन अभिनयमा पनि, पहिलोपटक स्क्रीन शेयर

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १६ मंगलबार
Rajan-Raj-Shiwakoti-milan-n.jpg

काठमाडौं। नेपाली सांगितिक फाँटमा छुट्टै पहिचान बनाइसकेका राजनराज शिवाकोटी पहिलोपटक अभिनयमा पनि देखिएका छन्। 

गायक, संगीतकार तथा गीतकारको तीनवटै भूमिकामा अब्बल सावित गरिसकेका राजनराज शिवाकोटी पहिलो पटक अभिनेताको रुपमा म्यूजिक भिडियोमा देखिएका हुन्। असार १५मा सार्वजनिक गरिएको ‘तिमी उता म यता’ गीतको म्युजिक भिडियोमा मार्फत उनले आफ्नो अभिनय कला समेत देखाउने प्रयास गरेका छन्। 

गायक शिवाकोटी र गायिका मिलन नेवारले गाएको गीतको भिडियोमा शिवाकोटी र नेवारको लोभलाग्ने  अभिनय रहेको छ। 

मर्मस्पर्शी शब्दहरुको उक्त गीतको भिडियो सलल वगाउने प्रयास निर्देशक राजेश पुमा राईले गरेका छन्। भिडियोमा गायक शिवाकोटीकी छोरी आरिष्मा शिवाकोटीले पनि अभिनय गरेकी छिन् । 

‘तिमी उता म यता’ गीतमा कामको सिलसिलामा घर छोडेर बाहिर जान वाध्य परिवारको कथा समेट्ने प्रयास गरिएको छ। कामका लागि घर छोड्न वाध्य हुनुपर्दा घर परिवारको सम्झना र परिवारको उन्नतीको सपनासँगै जोडेर बनाइएको कथामा गीतलाई राम्रोसँग उतारिएको छ। यसमा निर्देशकीय क्षमता देखिएको छ।

पहिलो म्यूजिक भिडियो भएका कारण शुभेच्छुकहरुबाट थप माया र सुझाव आउने विश्वास शिवाकोटीले गरेका छन्।   

गीतका शब्द तथा संगीत शिवाकोटीले नै तयार पारेका हुन् । सन्दीप कार्कीले उक्त गीतमा संगीत संयोजन गरेका छन् भने किरण बिक उक्त गीतका रेकर्डिष्ट हुन् । श्याम श्वेत रसाइलीले यसलाई मिक्स्ङि तथा मास्टर गरेका हुन् । भिडियोमा उत्सव दाहालको छायांकन रहेको छ भने विकास दाहालको सम्पादन रहेको छ। 

सांगितिक फाँटमा जमेका राजन राज शिवाकोटी र मिलन नेवारको जोडीले यसअघि चरिले काफल टिप्यो, ठेकीमा दही, गुलेलीले हान्दिउँ कि‘जस्ता लोकप्रिय गीतहरु दिइसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ