arrow

अर्की 'टिकटक' स्टारको घाँटी थिचेर हत्या, दुई दिनपछि भेटियो शव

logo
प्रकाशित २०७७ असार १६ मंगलबार
sivani.png

काठमाडौं । केहि दिन अघि भारतीय टिकटक स्टार सिया कक्करले आत्महत्या गरेकी थिइन् । सियाको आत्महत्याको अनुसन्धान सेलाउन नपाउदै अर्की टिकटक स्टारको घाँटी थिचेर हत्या गरिएको छ । 

सोनीपतमा शिवानी नामका एक टिकटक स्टारलाई घाँटी थिचेर हत्या गरिएको हो । शिवानीको शव दुई दिनपछि उनको सैलुनमा भेटियो। यस घटनाका आरोपी आरिफलाई प्रहरीले पक्राउ गरेको छ।

शिवानीकी बहिनीका साथीले उनको  सैलुनमा राखिएको ओछ्यानमा शव फेला पारेका थिए । यसपछि परिवारले प्रहरीलाई खबर गरेका थिए । शिवानीको टिकटकमा ११ लाख भन्दा बढी फलोअर्स छन्।

प्रहरीका अनुसार शिवानी कुंडली टीडीआईमा टच एन्ड फेयरको नामको सैलून चलाउँथिन्। शिवानी शुक्रबार सैलूनमा एक्लै थिइन। हत्याका आरोपी अरिफसँग शिवानीले १५ दिनदेखि कुराकानी गर्न बन्द गरेकी थिइन्। अरिफले शिवानीलाई मन पराउथे। शिवानीले अचानक कुरा गर्न बन्द गरेपछि अरिफ रिसाएका थिए।

आरिफले भनेका छन्- शुक्रवार उनी शिवानीलाई मनाउन उनको सैलुनमा गएका थिए। उनले ढोकाको बेल बजाएर ढोका खोल्न लगाएका थिए। उनलाई बाहिर देखेर शिवानीले ढोका बन्द गर्न खोजेकि थिइन्। उनी जबरजस्ती ढोका धकेल्दै भित्र पसे। उनी भित्र गएर शिवानीलाई मनाउने कोसिस गरे, तर उनी स्वीकार्न तयार थिइनन्।

जब आरिफले धम्की दिन खोजे तब शिवानीले पुलिसलाई बोलाउन फोन गर्न थालिन्। आरिफले मोबाईल खोस्न थाले, दुबैकोबीच हातपात भयो। त्यसपछि   आरिफले घाँटी थिचेर शिवानीको हत्या गरे। त्यसपछि आरिफ सैलूनको ओछ्यानमा शिवानीको शव लुकाएर भागे।

गत बिहिबार  टिकटकमा १७ लाख फलोअर्स भएकी सिया कक्करले आत्महत्या गरेकी थिइन्। लगभग १६ वर्षकी सिया डिप्रेशनमा रहेको बताइएको छ। भारतीय सञ्‍चार माध्‍यमका अनुसार परिवारसँगै बस्ने सियाको कुनै सुसाइट नोट भेटिएको छैन । साथै आत्महत्याको कारण अझै थाहा हुन सकेको छैन। सियाको शव पोष्टमार्टम गरी परिवारलाई शुक्रबार हस्तान्तरण गरिएको छ ।  प्रारम्भिक छानबिन पछि प्रहरी उनको मृत्युलाई आत्महत्याबाट भएको निष्कर्षमा पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ