arrow

दाङमा दश हजार घर फिर्ता

logo
रासस,
प्रकाशित २०७७ असार १६ मंगलबार
dang_district_map.png

नारायणपुर। दाङमा क्वारेन्टिनमा बस्नेहरुको सङ्ख्यामा कमी आएको छ। भारत तथा अन्य जिल्लाबाट आएका कूल ११ हजार ६९४ क्वोरन्टिनमा बसेकामा झण्डै दश हजार घर फर्केका छन् भने पाँच सय सङ्क्रमित भएर आइसोलेशनमा छन्। बाँकी एक हजार ५६८ जना मात्रै क्वारेन्टिनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कमल चन्दले जानकारी दिए।

जिल्लामा क्वारेन्टिनमा रहेकामध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा ४५६ जना छन् । तुलसीपुर उपमहानगरपालिकामा १७३ र  लमही नगरपालिकामा ४४  तथा गाउँपालिका राजपुरमा ६९, राप्तीमा ३२५, शान्तिनगरमा ७६, बंगलाचुलीमा ४३, गढवामा १२६, बबईमा १६४ र दंगीशरणमा ९२बाँकी छन्।

दाङमा अहिलेसम्म जाँच गरिएकामध्ये आठ हजार ९५७ जनाको नतिजा नेगेटिभ र ५६२ जनाको पोजेटिभ आएको छ। अहिलेसम्म कूल नौ हजार ५१९ जनाको पिसिआर जाँच गरिएको तथा तीन हजार २९३ जनाको आरडिटी गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ