arrow

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, केमा कति ?

logo
प्रकाशित २०७७ असार १७ बुधबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोेलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको छ । मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको हो । 

मूल्यवृद्धिसँगै काठमाडौं उपत्यकामा पेट्रोलको खुद्रा विक्री मूल्य प्रतिलिटर १ सय १ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । 

यसअघि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर ९६ रुपैयाँ तथा डिजेलको मूल्य प्रतिलिटर ८५ रुपैयाँ रहेको थियो ।

मंगलबारको वृद्धिसँगै सुर्खेत र दिपायलमा पनि पेट्रोलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ । त्यस्तै पोखरा र दांगमा १ सय रुपैयाँ ५० पैसा प्रतिलिटर पेट्रोलको मूल्य पुगेको छ । 

चारआली, विराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढीमा प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा पुगेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ