arrow

सुशान्त राजपुतको आत्महत्याबारे अभिनेत्री सन्जना सांघीसंग सोधपुछ 

logo
प्रकाशित २०७७ असार १७ बुधबार
dil-bechara-susant.jpg

काठमाडौं । अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या मामलाबारे राजपुतको अन्तिम फिल्म ‘दिल बेचारा’ की अभिनेत्री संजना सांघीसंग प्रहरीले सोधपुछ गरेको छ । 

मंगलबार बान्द्रा पुलिस स्टेशनमा उनीसंग ७ घण्टासम्म सोधपुछ भएको बताइएको छ । सोमबार पुलिसले उनलाई बोलाएको थियो । 

दिल्लीमा भएका कारण उनी पुग्न नसकेको बताइएको छ । सन् २०१८ मा ‘मी–टु क्याम्पेन’ का क्रममा संजनाले सुशान्तमाथि छेडछाडको आरोप लगाएकी थिइन् । 

उक्त आरोपपछि सुशान्तले यसको खण्डन गर्दै दुईबीच छलफलपछि स्क्रिन सेयर गरेका थिए । पछि संजनाले सुशान्तमाथि लगाएको आरोपलाई गलत बताएकी थिइन् । 

संजनाले प्रहरीले सात घण्टासम्म गरेको सोधपुछपछि बाहिर आएर मिडियालाई केही पनि बताइनन् । 

सुशान्तले गत १४ जुनमा आत्महत्या गरेका थिए । उनले यसअघिको चलचित्रमा आत्महत्या गर्न नहुने भन्दै जिउने कला सिकाएका थिए । 

अहिलेसम्म सुशान्त मृत्युबारे पुलिसले २६जनासंग बयान लिइसकेको छ । जसमा परिवार, साथीहरु, पुराना म्यानेजर, टिम सहकर्मी, घरेलु कर्मचारी, साथी रिया चक्रवर्तीसमेत गरी २६जनासंग बयान लिइएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ