arrow

वडाध्यक्ष आक्रमणको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ

logo
प्रकाशित २०७७ असार १७ बुधबार
biplab-maobadi.jpeg

तुलसीपुर । दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।

  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द (विप्लव) समूहका तीन जनालाई मङ्गलबार राति  शान्तिनगर २ बाट  पक्राउ गरिएको हो । उनीहरुको नाम र  ठेगाना भने सार्वजनिक गरिएको छैन । 

मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ ।  डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ