arrow

अमिताभका छोरा अभिषेकको संघर्ष : चलचित्र नपाएर पार्ट टाइम जागीर, करिश्मा गएपछि ऐश्वर्या

logo
प्रकाशित २०७७ असार १७ बुधबार
abishek.png

काठमाडौं । बलिउड अभिनेता अभिषेक बच्चनले आफ्नो बुबा महानायक अमिताभ बच्चनको सहारा बिनै बलिउडमा आफ्नो पहिचान बनाए ।  जुन ३० मा उनी बलिउड फिल्म उद्योगमा प्रवेश गरेको २० बर्ष पूरा भएको छ। अभिषेकले सन् २००० मा फिल्म 'रिफ्यूजी' मा काम गरे, यद्यपि चलचित्रले बक्स अफिसमा केही खास प्रदर्शन गर्न सकेन।

यस फिल्ममा अभिषेकसँग करीना कपूरले अभिनय गरेकी थिइन् । 'रिफ्यूजी' करीनाको पनि पहिलो फिल्म हो। फिल्ममा अभिषेकको कामको अत्यधिक प्रशंसा गरिएको थियो। महानायकका सन्तान भएको कारण पनि अभिषेकमा राम्रो काम गर्न दबाब थियो।

सो समय अभिषेकलाई जुन प्रोजेक्ट प्रस्ताव गरिएको थियो, उनले त्यहि फिल्ममा काम गरे। अभिषेकले स्क्रिप्टमा कुनै ध्यान दिएनन्। यस कारण ४ बर्षमा अभिषेक बच्चन लगातार १७ पटक फ्लप भए । २००४ मा  अभिषेक बच्चनले फिल्म 'धूम' मा अभिनय गरे र यो फिल्म सुपरहिट साबित भयो। यस फिल्मपछि उनले 'बन्टी और बबली', 'युवा', 'ब्लफमास्टर', 'गुरु' र 'दोस्ताना' जस्ता सुपरहिट फिल्महरू दिएर उनी बलिउड सम्राट अमिताभ बच्चनको छोरा हो भनेर प्रमाणित पनि गरे।

अभिषेकको २० बर्षे करियरमा धेरै उतार चढावहरू आए। उनका धेरैजसो फिल्महरू फ्लप थिए। एक साक्षात्कारको क्रममा, अभिषेकले आफ्नो फ्लप फिल्महरूको बारेमा ठूलो बयान दिएका थिए ।

सो समय अभिषेकले भनेका थिए, "जब एक अभिनेता फ्लप फिल्म दिन्छ भने मानिसहरूले उसको फोन उठाउन छाड्छन्। त्यसपछि उनीहरूले सोच्दैनन् कि तपाईं कसको छोरा र छोरी हुनुहुन्छ। फ्लप हुदाँ संसारकै सबैभन्दा खराब अनुभव हुन्छ जसले मानवतालाई असर गर्छ।' यसले देखाउँदछ कि अभिषेक धेरै पटक यस्तो अनुभवबाट गुज्रिएका छन् ।

अभिषेक बाल्यकालमा डिस्लेक्सियाको शिकार थिए। २००७ मा आमिर खानले यही रोगमा 'तारे जमिन पार' फिल्म बनाउँदा यो कुराको खुलासा भएको थियो। अभिषेकले जमनाबाई नरसी स्कूलमा अध्ययन गरेका हुन् । त्यसपछि बिजनेस कोर्सका लागि उनी बोस्टन युनिभर्सिटी गए। तर हिन्दी फिल्ममा काम गरेको कारण, उनले बीचमा नै आफ्नो अध्ययन छोडेर फर्किए।

आफ्नो करियरको शुरुवातमा, अभिषेकका धेरैजसो फिल्महरू फ्लप भए। उनले चलचित्र नपाएपछि भारतीय जीवन बीमा निगम (एलआईसी) मा पनि काम गरेका थिए । यसबाहेक अभिषेक बच्चनले एक विश्व कीर्तिमान स्थापित गरेका छन् । उनले आफ्नै बुबा अर्थात् बिग बीको फिल्म 'पा' मा बुबाको भुमिकामा खेलेका छन्। यस फिल्मको लागि जुनियर बच्चनको नाम गिनीज वर्ल्ड रेकर्डमा रेकर्ड गरिएको छ।

अभिनय बाहेक, अभिषेक बच्चन बिभिन्न देशहरुका बिवाह कार्ड कलेकशन गर्न मन पराउछन्। अभिषेकको व्यक्तिगत जीवनमा अभिषेकले अमिताभको ६० औं जन्मदिनमा करिश्मा कपूरसँग सगाई गरेका थिए । तर यो सगाई ३ महिनामा तोडियो ।

यसपछि ऐश्वर्या र अभिषेक 'धूम २' को क्रममा नजिक आए। 'गुरु' फिल्ममा सँगै काम गरेपछि दुबैले उनीहरूको सम्बन्ध अघि बढ्यो । २० अप्रिल २००७ मा , दुबैको बिहे भयो। त्यतिबेला ऐश्वर्या ३३ र अभिषेक ३१ बर्षकी थिइन्। अब उनीहरूको ९ बर्षकी छोरी आराध्या पनि छन् ।

अभिषेक बच्चनसँग पछिल्लो समय धेरै फिल्महरु छन्। यसमा अनुराग बसुको 'लुडो', कुकी गुलाटीको 'द बिग बुल' र शाहरुख खानले 'बब विश्वास'  रहेका छन् । यी सबै फिल्महरूको शूटिंग चलिरहेका छन् ।

केहि दिनअघि अभिषेक बच्चनले आफ्नो पोस्टमा लेखेका थिए, 'धेरैलाई थाहा छैन  १९९८ मा म र राकेश ओमप्रकाश मेहरासँगै आफ्नो क्यारियर सुरु गर्न चाहन्थ्यौं। उनी मलाई चलचित्र 'समझौता एक्सप्रेस' मा निर्देशित गर्न चाहान्थे, तर धेरै प्रयासका बाबजुद हामीले कुनै निर्माता फेला पार्न सकेनौं। मलाई याद छैन म कति निर्माताहरू र निर्देशकहरूसँग भेट गरे । उनीहरूलाई मौकाको लागि अनुरोध गरे, तर कसैले पनि मौका दिएनन् । '

अभिषेक बच्चनले पोष्टमा अगाडि लेखे, 'हामी दुबै साथीहरू थियौं, त्यसैले हामीले निर्णय गर्यौं कि हामीले केही सिर्जना गर्नुपर्‍यो जसमा राकेशले निर्देशिन र म अभिनय गर्न सकु , यसरी समझौता एक्सप्रेस 'को जन्म भयो। यो फिल्म बन्न सकेन (म यो फिल्मको लागि दुखी छु किनकि यो हाम्रो निकट थियो)। राकेशले मेरो बुबा अमिताभ बच्चनसँग 'अक्स' बनाउन थाले र भाग्यले मैले जेपी साहबलाई भेटे।

अभिषेक बच्चनले  लेखे, 'जेपी साहेबले मेरो लुक मन पराउनु भएको थियो। मेरो कपाल र दाह्री एकदम बढेको थियो। जेपी साहेब 'आखिरी मुगल' बनाउन चाहान्थे र उनी नयाँ अनुहार खोज्दै थिए ।  म भाग्यमानी थिएँ उनले मलाई लिए। तर उनले 'आखिरी मुगल' भने बनाएनन् तर 'रिफ्यूजी' बनाए। यसको दस बर्ष पछि, म दिल्ली ६ मा रोकाश ओमप्रकाश मेहरासँग देखा परे। यस बाहेक अभिषेक बच्चनले आफ्नो पोस्टमा पा फिल्मका बारेमा पनि उल्लेख गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ