arrow

एउटै गितारको मुल्य ७२ करोड

logo
प्रकाशित २०७७ असार १७ बुधबार
cort.jpg

काठमाडौं । संसारमा मानिससँग एकसय एक महँगा तथा विलासीका चीजहरू छन्, जसको मूल्य सुनेर कहिलेकाँही हामीलाई छक्क लाग्छ। संसारमा  विलासी घरहरूदेखि लिएर करोडौं रूपैयाँसम्मका मूल्यवान कारहरू छन्। जसलाई देखेपछि मानिसहरू चकित हुन्छन्।

यहाँ त्यस्तृ एक गितारको बारेमा बताइएको छ । जसको मूल्यले  तपाईंलाई अचम्मित पार्ने छ। यो विश्वको सबैभन्दा महँगो गितार हो, जसको मूल्य यत्ति बढी छ यदि तपाईं चाहनुभए २-३ ओटा साना हवाईजहाजहरू किन्न सक्नुहुनेछ । 

यो गितार निरभानाको दिवंगत अमेरिकी गायक तथा विश्व प्रसिद्ध गिटारिस्ट कर्ट कोबेनको हो। कोबेनको १९९४ अप्रिलमा मृत्यु भयो। हालसालै उनको गितार लिलाम भएको थियो, जुन लगभग ६ मिलियन डलर, अर्थात ७२ करोड नेपाली रुपैयाँ भन्दा बढीमा बिक्यो।

मार्टिन डी -१८ ई अकूस्टिक मोडलको सो गितारको लिलामी १ मिलियन डलरबाट शुरू गरिएको थियो, जसलाई  ७२ करोड भन्दा बढी नेपाली रुपैयाँमा अष्ट्रेलियाको रोड्स माइक्रोफोन कम्पनीका मालिक, पिटर फ्रीडम्यानले किनेका छन्। यससँगै, यो विश्वको सबैभन्दा महँगो गितार बन्यो। 

आफ्नो मृत्यु हुनुभन्दा पाँच महिना अघि १८ नोभेम्बर १९९३ मा, कर्ट कोबेनले एमटीभीमा सम्झनलायक लाइभ कार्यक्रममा गरेका थिए ।सन् १९९३ को नोभेम्बर १८ मा भएको निरभानाको अकुस्टिक प्रस्तुतिलाई इतिहासकै सबैभन्दा उत्कृष्ट लाइभ पर्फमेन्सहरु मध्ये एक मानिन्छ ।  सो समय कोबेनले यहि गितारका साथ प्रदर्शन गरेका थिए।  उनको प्रदर्शनको भिडियो युट्युबमा अझै उपलब्ध छ। भिडियो अहिलेसम्म ३० करोडभन्दा बढी पटक हेरिएको छ।

कोबेनले मार्टिन डी-१८ अकूस्टिक मोडलको सोयो गितार पाँच डलरमा किनेको थिए। विश्वभर यस मोडेलको केवल ३०२ गितारहरू मात्र रहेका छन्। कोबेनले गितार किनेपछि त्यसमा केही परिवर्तन गरेका थिए । कोबेन बाँया हातले बजाउथे। यो परिवर्तनको कारणले गितार एकदम विशेष बन्न गएको  थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ