arrow

लेस्टर र चेल्सी हार्दा जित्यो आर्सनल, यस्तो बन्यो समीकरण

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
chelsea-westham.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा चेल्सीले हार ब्यहोरेको छ । बुधबार राति भएको खेलमा चेल्सीले वेस्ट ह्याम युनाइटेडसंग ३–२ को हार ब्यहोरेको हो । 

विलियनमले दुई गोल गरेपनि चेल्सीको हार टार्न सकेनन् । चेल्सी बिरुद्ध जित निकाल्दै वेस्ट ह्यामले रेलिगेशनको दबाबबाट मुक्त भएको संकेतसमेत गरेको छ । 

बुधबार रातिको अर्को खेलमा आर्सनलले नर्विच सिटीलाई ४–० गोलले हरायो । अर्को खेलमा एएफसी बर्नमाउथ घरेलु मैदानमा न्युकासल युनाइटेडसंग ४–१ गोलले पराजित हुँदा एभर्टनले लेस्टर सिटीलाई हरायो । लेस्टरले खेल हार्दा चेल्सीको च्याम्पियन्स लिगको सम्भावना कायमै रहेको छ । 

लिभरपुलले उपाधि जितिसक्दा दोस्रोदेखि पाँचौंको भिडन्त प्रतिस्पर्धात्मक देखिएको छ । ३१ खेलबाट ६३ अंकको म्यान्चेस्टर सिटी दोस्रो स्थानमा छ ।

तेस्रो स्थानको लेस्टरको ३२ खेलबाट ५५, चौथो स्थानको चेल्सीको ३२ खेलबाट ५४, ३२ खेलबाट ५२ अंकका म्यान्चेस्टर युनाइटेड र वुल्भरह्याम्पटन क्रमशः पाँचौं र छैटौं स्थानमा छन् । सातौं स्थानको आर्सनलको ४६ अंकमात्रै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ