arrow

डोनाल्ड ट्रम्पको बिजयकालागि भारतमा हिन्दु परम्परा अनुसार पुजा

logo
प्रकाशित २०७३ वैशाख २९ बुधबार
Donald_Trump_Puja3.jpg.jpeg
काठमाडौं। अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन पार्टीबाट उम्मेद्वारको दौडमा रहेका डोनाल्ड ट्रम्पको जीतकालागि भारतमा हिन्दु परम्परा अनुसार पुजा गरिएको छ। हिन्दु सेना राष्ट्रिय समुह नामक समुहले उक्त पुजाको आयोजना गरेको भारतिय संचार माध?यमहरुले बताएका छन्। 
 
ट्रम्पले अमेरिकामा ईश्लाम धर्म मान्नेहरुलाई प्रतिबन्ध गरिनु पर्छ भनेपछि भारतमा हिन्दुवादी समुह उनको बिजयको कामना गर्न थालेको हो। 
 
पुरा विश्व मुश्लिम आतंकबाट प्रताडित भएको समयमा ट्रम्पले मात्र विश्वलाई बचाउन सक्ने उक्त समुहका विष्णु गुप्ताको बिश्वास रहेको छ। 
 
उक्त समुहका कार्यकर्ताहरुले दिल्लीमा हिन्दु भगवानहरु शिव, हनुमानसँगै ट्रम्पको फोटो राखेर पुजा कार्यक्रम गरेका थिए। उनको तस्विर माथि ट्रम्पलेमात्र ईश्लाम आतंकका विरुद्ध मानवता बचाउनसक्छन् भनेर ब्यानर राखिएको थियो। 
 
ट्रम्पको पुजा गर्ने क्रममा संस्कृतमा ट्रम्पको बिजय कामना सहित श्लोकहरु पढिएको थियो। पुरै हिन्दु परम्परा अनुसार ट्रम्पको पुजा गरिएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ