arrow

सरकारको प्रतिगामी कदमविरुद्ध कांग्रेसको विरोध

logo
निरंजन कुमार साह, 
प्रकाशित २०७७ असार १८ बिहिबार
congress-birodh-janakpur.jpg

जनकपुर । नेपाली कांग्रेस नगर समितिद्वारा सरकारको प्रतिगामी कदम नागरिकता विधेकको विरुद्धमा बुधबार जनकपुरमा विरोध गरेको छ।

बुधबार पार्टी कार्यालयबाट विरुद्ध जुलुस प्रदर्शन गर्दै नगरको विभिन्न ठाउँमा परिक्रमा गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिका नगर समितिका अध्यक्ष मनोज साहको अगुवाइमा विरोध जुलुस निकालेको थियो ।

विरोध जुलुसमा जिल्ला कमिटी, महाधिवेशन, महासमिति, क्षेत्रीय सदस्यहरु भ्रातृ एवं शुभेच्छुक संस्था लगायत नगर भित्रका सम्पूर्ण तहका व्यक्तिहरु सहभागी भएका थिए । 

उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

कोणसभालाई सम्बोधन गर्दै पार्टीका नेता तथा कार्यकर्ताहरुले वर्तमान सरकार भ्रष्टाचारी सरकार रहेको आरोप लगाए । 

उनीहरुले विदेशी महिलासँग बिहे गरेमा सात वर्षपछि नागरिकता दिने प्रावधान महिला विभेदकारी रहेको बताए ।

विवाह गरेर आउने विदेशी महिलालाई नागरिकता लिन सात वर्ष कुर्नुपर्ने प्रावधान मधेश र मधेशी प्रतिको विभेद र नियन्त्रण गर्ने षडयन्त्र रहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ