arrow

निःशुल्क राहत बाडँदै सात वर्षीया क्यारोलिन र नौ वर्षीया आराद्या

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
mask-abhiyan.jpg

धनगढी । सुदुरपश्चिम प्रदेशमा  ९ वर्षीया आराद्या भण्डारी र ७ वर्षीया क्यारोलिन भण्डारीले मास्क बाँड्न बजार निस्किदा धेरै आश्चर्यचकित भए ।

कोरोना भाइरस संक्रमितको घरबाटै टाढा बस्ने अनि अस्पताल नै सिज गरेर भाग्ने मनोवैज्ञानिक त्रास हटाउन केन्द्रीय विद्यालय काठमाडौमा अध्ययनरत दिदीबहिनीले कोरोना संक्रमित बस्ने कोरोना अस्पतालमै गएर नर्स र डाक्टरलाई जुस खुवाए । 

उनीहरुले बिरामीलाई मास्क, सेनेटाईजर साबुन, तेल, सर्फ, बाल्टी, ब्रेड, फलफुल आदि सामग्री प्रमुख अतिथि व्यंग्यकार गडसेरी माइलामार्फत वितरण गरेका हुन् ।

माइलाले कार्यक्रमलाई सम्बोधन गर्दै ‘हुने बिरुवा को चिल्लो पात’ भनेझैं कलिला नानीहरुको सामाजिक सेवाकार्य अभियानको प्रशन्सा गर्दै स्वर्गीय हरिपृया भण्डारीको साहित्यिक र राजनीतिक योगदान अनुकरणीय रहेको बताए ।

कार्यक्रममा नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले साना नानीहरुको मास्क बितरण अभियानले नेपाली महिलाको नेतृत्व क्षमताको अभिवृद्धि हुने र प्रदेशमै स्वास्थय सचेतना बढ्ने बताए ।

 युवा नेता नृप सुनारले धनगढी उपमहानगरपालिका कोरोना अस्पताल, नेपाल पत्रकार महासंघ र अन्य स्थानमा युवा नेता क्षितिज भण्डारीको अगुवाई मेयर नृप ओड मार्फत बेग्लै कार्यक्रममा स्वास्थ  तथा दैनिक आवश्यक सामग्री वितरण गरिएको बताए । 

कोरोनाको प्रादेशिक अस्पताल प्रशासन र बिरामी राहत वितरणमा सहयोगको लागि सामाजिक विकास मन्त्रालय,पत्रकार प्रकाशबिक्रम शाह, प्रधानाध्यापक विष्णु दौल्यल, अस्पताल परिवार सहित सुरक्षा र सामाजिक दूरी अनुगमनका लागि प्रमुख तथा वडा प्रहरी कार्यालय धनगढीलाई आयोजक हरिपृया-प्रकाश फाउन्डेसनका अध्यक्ष प्रकाशनारायण भण्डारीले धन्यवाद दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ