arrow

आईपीएल क्रिकेट: मुम्बईद्वारा कोहलीको बैंगलोर पराजित

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
IPL_Mumbai_bangore.jpg.jpeg
काठमाडौं। मुम्बई ईण्डियन्सले रोयल च्यालेन्जर्स बैंगलोरलाई ६ विकेटले पराजित गर्दै अंक तालिकाको चौथो स्थानमा उक्लेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १५१ रन बनाएको थियो। बैंगलोरका केऐल राहुलले ५३ बलमा ६८ रन बनाएका थिए। त्यसैगरि सचिन बेबीले १३ बलमा २५ र एबी डिविलियर्सले २७ बलमा २४ रनको योगदान गरेका थिए। मुम्बईका क्रुनाल पाण्द्याले कसिलो बलिङ गर्दै ४ ओभरमा १५ रन खर्चेर एक विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओरलेको मुम्बईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १५३ रन बनाएर खेल जितेको थियो। मुम्बईका अम्बती रायडुले ४४ रन बनाएका थिए । केयरन पोलार्डले १९ बलमा ३५* रन र जोस बटलरले ११ बलमा २९* रन बनाएर मुम्बईलाई जीत दिलाएका थिए। बैंगलोरका बरुण आरोनले २ विकेट लिएका थिए। 
 
बैंगलोरका डिविलियर्स र स्टुवार्ट बिन्नीले दर्शनिय क्याच गरेका थिए। डिविलियर्सले अम्बती रायडुको क्याच लिएका थिए भने बिन्नीले नितिश रानाको क्याच लिएका थिए। संभवत: दुवै क्याच आईपीएलको उत्कृष्ठ क्याचमा पर्नेछन्। खेलका प्लेयर अफ म्याच क्रुनाल पाण्ड्या घोषित भएका थिए।
 
मुम्बई ११ खेलमा ६ बिजयसँगै १२ अंकका साथ चौथो स्थानमा रहेको छ भने बैंगलोर १० खेलमा ४ जीतका साथ ८ अंक पाउँदै छैठौं स्थानमा रहेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ