arrow

६६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएसँगै गोदावरी बन्द

logo
प्रकाशित २०७७ असार १८ बिहिबार
covid-test-positive-corona.jpg

ललितपुर । गोदावरी नगरपालिकाले वडा नं १० कार्यालयदेखि वडा नं ११ झ्यालीपाटीसम्मका बजार तथा पसल बन्द गर्न व्यवसायीलाई सूचनामार्फत आह्वान गरेको छ । 

गोदावरी –११ चापागाउँ निवासी ६६ वर्षीय पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएसँगै  नगरपालिकाले सो आग्रह गरेको हो  । नगरप्रमुख  गजेन्द्र महर्जनले भने, “संक्रमितका सम्पर्कमा रहेका व्यक्तिको बिहिबार स्वाब परीक्षण गर्ने कार्य भइरहेको छ । परीक्षणको रिपोर्ट नआउँदासम्म बन्दका लागि आग्रह गरेका हाँै ।” 

कोभिड–१९ को संक्रमणको जोखिम बढ्दै गइरहेका अवस्थामा सम्पूर्ण नगरवासीलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन नगरपालिकाले अपील समेत गरेको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ