arrow

गिरिजावावुको जन्मजयन्ती : वृद्धाश्रममा फलफूल वितरण

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार १८ बिहिबार
bitaran2.jpg

धनुषा । गिरिजा प्रसाद कोइराला फाउण्डेशन धनुषाले जानकी वृद्धाश्रम जनकपुरमा बिहीबार फलफूल वितरण गरेको छ। नेपाली कांग्रेस नेता स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६ औँ जन्मजयन्तिको अवसरमा फाउण्डेशनले फलफूल वितरण गरेको हो ।

फाउण्डेशन धनुषाद्वरा आयोजित कार्यक्रमका प्रमुख अतिथि पुर्व सासंद एवम् नेपाली कांग्रेस का नेता प्रा.डाक्टर चन्द्रमोहन यादवले आफूसंग जुनै सहयोग  चाहिए पनि सहयोग गर्न तयार रहेको बताए ।

जानकी वृद्धा आश्रम जानकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ मा रहेको वृद्धा आश्रमको उतर पट्टी रहेको करिब ३ कठ्ठा जग्गा रत्नसागरका महन्त वैकुण्ठ दासले भुमाफियासंग बेचेका थिए तर केही स्थानीयको सहयोगमा सो जग्गा बचाउनमा सफल भएको पुर्व सासंद यादवले बताए ।

नेता यादवले भने,'धेरै छिटो त्यो जग्गा वृद्धा आश्रमको उतर पट्टी रहेको वाल फोरेर आश्रमको कम्पाउनड वनाउने कागजी काम केही बाकी रहेको छ तर हामीहरु मिलेर धेरै छिटो काम गर्छौ ।'

फलफूल कार्यक्रमको अध्यक्षता गिरिजा प्रसाद कोइराला फाउण्डेशन धनुषाको संयोजक श्रीराम साहले गरेका छन ।

 कार्यक्रममा नेपाली कांग्रेस धनुषा संचिव विश्वर यादव , जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साह,कांग्रेस का युवा नेता सुरेश कोइराला ,नेविसंघ संघका केन्द्रिय सदस्य संजिव यादव, नेविसंघ धनुषाको सभापति संजय कुमार यादव,जित बहादुर राउत लगायका उपस्थित रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ