arrow

आश नै मौद्रिक नीति : शेखर गोल्छा

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ असार १८ बिहिबार
shekhar-golchha-fncci.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मुलुकको अर्थतन्त्र उकास्न र नीजि क्षेत्रलाई समेत माथि उकास्नका लागि आशाको केन्द्र नै मौद्रिक नीति रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आगामी मौद्रिक नीतिका बारेमा बिहीबार गरेको कार्यक्रममा बोल्दै बरिष्ठ उपाध्यक्ष गोल्छाले नीजि क्षेत्रले गरेको आशा नै मौद्रिक नीति रहेको बताएका हुन्।

‘अहिले पनि सरकारले विजुली लगायतमा केही हदसम्म सहुलियत त दिएको छ’ उनले भने, ‘अबको तरलताको व्यवस्थापनका लागि मूख्य आशा नै मौद्रिक नीति हो।’ उनले आगामी आर्थिक वर्ष २०७७-०७८का लागि आउने मौद्रिक नीतिमा मूख्यतः पुनर्कर्जा,  ब्याजदर र पुनसंरचनालाई जोड दिए। ‘पुनकर्जाको पहिलाको स्वरुप फेर्नु पर्छ।

साना तथा मझौला उद्यमीले सरकी पुनर्कर्जाको उपयोग गर्न सक्छन् हेरेर आउनु पर्छ’ उनले भने, ‘पुनर्कर्जा वाइडस्प्रेड हुनुपर्छ। ५ प्रतिशतजति पुनर्कर्जा सबैले उपयोग गर्न पाउने हुनुपर्छ।’

त्यस्तै आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक ब्याजदर घट्नुपर्ने गोल्छाले बताए। ‘बैंक ब्याजदर घटेमा मात्रै हामीले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्छौं’ उनले भने, अन्तर्राष्ट्रिय स्तरमा बैंकबाट कर्जा ५ देखि ६ प्रतिशतमा पाइराखेको अवस्था छ।’ त्यस्तै पुनसंरचना सबै भन्दा ठुलो समस्या रहेको र त्यसले साना ठुला सबै व्यवसायी निराश हुनुपर्ने अवस्था भएकाले पुनसंरचनामा विशेष ध्यान दिइनु पर्ने गोल्छाको भनाई थियो। गोल्छाले आगामी मौद्रिक नीतिमा तरलता व्यवस्थापन र श्रमिक व्यवस्थापनका लागि विशेष ध्यान दिइनु पर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ