arrow

चिकित्सकमाथि भएको आक्रमणको विरोध 

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
dharna-1.jpg

पोखरा । झापाको बिर्तामोडमा गत साता डाक्टरमाथि भएको आक्रमणको विरोधमा पोखराका युवा डाक्टारहरु आन्दोलनमा उत्रिएका छन् । 

गएको असार ११ गते झापाको बिर्तामोड स्थित मेडिका हस्पिटलमा कार्यरत मेडिकल अफिसर डाक्टर सुधाकर झामाथि भएको आक्रमणको बिरोधमा पोखराका युवा डाक्टारहरुले बिहिबार जिल्ला प्रशासन कार्यालय कास्की अगाडी धर्ना दिएका हुन् । 

युवा चिकित्सक संघ गण्डकीले आयोजना गरेको शान्तीपुर्ण धर्नामा ७५ जना डाक्टरहरुको सहभागिता रहेको संघका सचिब डाक्टर संजिव बस्नेतले जानकारी दिए ।

कोरोना भाईरसको महामारीबीच आफ्नो ज्यान जोखिममा राखेर फन्टलाईनमा काम गर्ने डाक्टर माथीको हमला अमानबिय हर्कत भएको भन्दै आफुहरु आन्दोलनमा उत्रिएको उनीहरुले बताएका छन् । 

यस्तो बेला साथ, सहयोग र हौसला दिनुपर्नेमा उल्टै डाक्टरमाथि आक्रमण हुनु दुखद भएको भन्दै उनीहरुले सरकारसँग भरपर्दो सुरक्षाको माग समेत गरेका छन् । 

घटनाको सत्यतथ्य छानबिन गरि दोषि माथि कडा कार्वाही गर्न पनि चिकित्सकहरुले सम्बन्धित निकायसंग आग्रह गरेका छन् । 

युवा चिकित्सक संघ गण्डकीका सचिव डाक्टर संजिव बस्नेतको संयोजकत्वमा भएको धर्ना कार्यक्रमको संचालन संघ गण्डकीका उपाध्यक्ष डाक्टर राम अधिकारीले गरेका थिए ।

गएको असार ११ गते बिहीबार राति हुल बाँधेर हस्पिटल पुगेको १०–१५ जनाको समूहले  डाक्टर झामाथि आक्रमण गर्दा  उनको नाकमा चोट लागेको थियो । 

बिर्तामोड – ६ का ८ वर्षे बालक विज्ञान राईको हात भाँचिएपछि उपचारका लागि राति ८ बजे हस्पिटल लगिएको थियो । 

हस्पिटलका अनुसार बालकको हातको अप्रेसन गरिएको र अवस्था सामान्य थियो । उनीहरूले बिरामी हेर्न एकैपटक जान खोजेपछि नजिकै रहेका डाक्टर झाले सम्झाउन खोज्दा उनीमाथि नै आक्रमण भएको जनाईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ