arrow

भीरकोटमा पर्यटन र कृषिलाई जोड

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ असार १९ शुक्रबार
bhirkot.jpg

स्याङ्जा । कृषि र पर्यटनको सम्भावना रहेको भीरकोट नगरपालिकाले छैटौ नगर सभामा पुनः जोड दिएको छ । 

आर्थिक बर्ष २०७७–०७८ का लागि सार्वजनिक गरिएको बजेटमा समग्र भीरकोट नगरपालिकाको आर्थिक विकासका लागि पर्यटन र कृषिलाई बिशेष जोड दिइएको हो । 

स्याङ्जाको मध्यभागमा रहेको भीरकोट नगरपालिकाले छैटौं नगरसभा मार्फत आगामी आर्थिक वर्ष २०७७–०७८ का लागी ५७ करोड ९७ लाख ९९ हजार वजेट सार्वजनिक गरेको छ । 

भीरकोट नगरपालिकाका उपप्रमुख सिमा केसी कर्माचार्यले छैटौं नगरसभामा वजेट तथा कार्यक्रम सार्वजनिक गर्दै कुल विनियोजित रकम मध्ये चालु तर्फ (सामाजिक सुरक्षा सहित) ४३ करोड ३४ लाख ९९ हजार र पूँजीगततर्फ रु १३ करोड ६३ लाख विनियोजन गरीएको छ । 

प्रस्तुत वजेटमा संघिय समानीकरण अनुदान १० करोड २२ लाख, संघिय राजश्व बाँडफाँडवाट ७ करोड ९ लाख ८१ हजार,सर्सत अनुदान २० करोड ७२ लाख, घट्ना दर्ता पन्जिकरणमा ३० लाख, संघिय सरकार समपूरक अनुदान ७९ लाख, संघिय सरकार विशेष अनुदान २ करोड ५० लाख, सामाजिक सुरक्षातर्फ ११ करोड, सडक वोर्ड नेपाल तर्फवाट ५० लाख, र आन्तरीक आम्दानी २ करोड ३० लाख वाडफाँड गरीएको छ  । 

त्यसैगरी प्रदेश सरकार राजस्व बाँडफाँडवाट ३४ लाख ६८ हजार ,प्रदेश सरकार समानीकरण अनूदानवाट १ करोड २० लाख ५० हजार, प्रदेश सरकार समपूरक अनुदानवाट १ करोड गरी कुल ५७ करोड ९७ लाख ९९ हजार अनुमानित वजेट उपप्रमुख सिमा केसी कर्माचार्यले छैटौं नगरसभामा प्रस्तुत गरेकी छिन् ।  
उपप्रमुख केसीले प्रस्तुत गरेको आर्थिक बर्ष ०७७–०७८ को वजेटले कोरोना भाईरस (कोभिड १९) लाई पनि प्राथमिकतामा राखेको छ । नगर भित्र सवै रोग र विपत्वाट नागरीकको जिवन रक्षा गर्दै जनजिवनलाई सहज र सुरक्षित वनाउने लक्ष्य राखिएको छ ।

उपलब्ध साधन स्रोत तथा अवसर र क्षमताको उच्चतम परिचालन गरी नगरपालिकाको समग्र विकासको गतिलाई निरन्तरता दिने, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार विकास गरी समृद्ध भीरकोट, सुखी भीरकोटवासी अभियानलाई अगाडी वढाउदै कृषी, पर्यटन, स्वच्छ पिउनेपानी, प्राविधिक गुणस्तरीय शिक्षा, सुचना प्रविधिको विकास, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार निर्माण लगायत क्षेत्रमा जोड दिने नीति अगाडी बढाइएको उपप्रमुख केसीले बताईन् ।  
 
विश्वको आर्थिक अवस्था नै ठप्प पार्ने गरी फैलिएको कोरोना संक्रमणले भीरकोट नगरपालिकालाई पनि अस्तव्यस्त वनाएको उल्लेख गर्दै उपप्रमुख केसीले थोरै रकमले धेरै काम गर्नुपर्ने बेलाको सामना गर्नुपर्ने बेला आएको बताईन् । 

महिलालाई लक्षित गरी उपमेयर सगँ महिला कार्यक्रम मार्फत महिलाहरुको सिप र क्षमता विकासको लागी गाँऊ गाऊमा तालिम र लगानीको वातावरण सिर्जना गरी व्यवसायीक बनाउने लक्ष्य रहेको उनको भनाई थियो ।  

नगर प्रमुख छाँयाराम खनालले कोरोना भाइरसको कारण गत चैत्र महिना भित्र भीरकोट नगरलाई वालमैत्री नगर घोषणा गर्ने योजना सम्पन्न हुन नसकेपनि पुर्णरुपले बन्दाबन्दी खुलेपछि घोषणा हुने बताए । भीरकोट नगरीलाई धार्मिक, सांस्कृतिक रुपले सम्भावना बोकेका पर्यटकीय क्षेत्रको विकासमा कुनै कसुर बाँकी नराख्ने प्रतिवद्धता खनालले व्यक्त गरे । 

मेयरसंग जेष्ठ नागरिक कार्यक्रमको निरन्तरता दिदै आँधीखोला कोरिडोरलाई प्रथामिकतामा राखेर आँधीखोला बचाउ अभियानलाई तिब्रता दिने खनालको भनाई थियो । प्रस्तुत आर्थिक ऐन २०७७ , विनियोजन ऐन २०७७ र भीरकोट नगरपालिकाको वालवालीका सम्वन्धी ऐन २०७७ ,वालवालीका सम्वन्धी कार्यविधि २०७७ र लेखा समितिको प्रतिवेदन समेत छैटौं नगर सभावाट सर्वसम्मत पारीत गरीएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ