arrow

रहिनन् भारतकी चर्चित नृत्य निर्देशक सरोज खान, कोरोना नेगेटिभ

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
saroj-khan.JPG

काठमाडौं । बलिउडकी चर्चित नृत्य निर्देशक सरोज खानको निधन भएको छ । हृदयाघातका कारण उनको बिहीबार राति निधन भएको हो। 

७१ वर्षिया सरोज कयौं दिनदेखि स्वासप्रश्वासमा समस्या भएका कारण अस्पतालमा भर्ना भएकी थिइन् । 

उनलाई कोरोना भने नभएको भारतीय संचारमाध्यमले लेखेका छन् । उनलाई गत महिना जुन २४ तारिखमा मुम्बईको गुरु नानक अस्पताल भर्ना गरिएको थियो । 

उनको शुक्रबार मलाडको मालवनीमा अन्तिम संस्कार गरिने भएको छ । 

सरोजका पति बी सोहनलाल, छोरा हामिद र दुई छोरीहरु हिना र सुकन्या छन् । 

४० वर्षको करियरमा उनले दुई हजार भन्दा बढी गीतमा कोरियोग्राफी गरेकी थिइन् । 

उनले तीन पटक नेशनल अवार्ड पनि जितेकी थिइन् । सरोजले श्रीदेवी र माधुरी दीक्षितजस्ता कलाकारलाई जन्माएकी थिइन् । 

उनले साउथका कलाकारलाई पनि नृत्य सिकाएकी थिइन् । 

सन् १९७४ मा आएको ‘गीता मेरा नाम’ सरोजले काम गरेको पहिलो चलचित्र थियो । उनले हेमा मालिनीलाई नचाएकी थिइन् । 

सन् १९८७ को मिस्टर इन्डियाको हवा हवाइमा श्रीदेवीलाई र सन् १९८८ को तेजावमा माधुरीलाई एक दो तीन....मा नचाएकी थिइन् । 

सन् १९९२ मा आएको बेटा चलचित्रको धक–धक करने लगा.... तथा सन् २००२ मा आएको देवदास फिल्मको ‘डोला रे डोला....’ चर्चित मध्ये पर्छन् । 

अन्तिममा जसले कोरोनाका बेलामा स्टे सेभ भनिन् उनै रहिनन् । केही दिनअघि मात्र उनले इन्स्टाग्राममा स्टेसेभको भिडियोसमेत सेयर गरेकी थिइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ