arrow

गिरिजाप्रसाद कोइरालाको जन्मजयन्ती अमेरिकामा भव्य, बाँडियो दूध

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
girija-foundaition.jpg

न्यूयोर्क । नेपाली कांग्रेसका पूर्व सभापति एवम् नेपाली राजनीतिका शिखर पुरुष तथा चार पटकका प्रधानमन्त्री स्वर्गीय गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्ती भव्यपूर्वक मनाइएको छ । 

जुलाई २ को साँझ ५ बजे केबीएफ पिनट बटर डार्क चकलेट बार्स ५०० बक्स न्यूयोर्क, ज्याक्सन हाईट्सको डाईभर्सिटी प्लाजाबाट गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले जन्मजयन्ती मनाएको फाउण्सडेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिए । 

गिरिजाबाबुको जन्म जयन्ती मनाउने क्रममा लगभग ५०० ग्यालन शुद्व दूध पनि वितरण गरियो । 

ब्रुक्लिनबोरो प्रेसिडेन्ट एरिक अडाम्सले गिरिजाबाबुको जन्म जयन्तीकै अवसर पारेर ५०० बक्स चकलेट दान गरेका थिए । 

उक्त चकलेट वितरण कार्यक्रम ने।का। नेता एवम् एन आर एन अमेरिकाका सल्लाहकार श्याम काजी गुरुङ्गबाट उद्वघाटन भएको थियो ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सिंखडा र ने। वि। संघ केन्द्रीय सदस्यद्वय अन्जन चौंलागाई र ज्ञानल थापा थिए । 

रेखा श्रेष्ठ, प्रदिप लामिछानेले स्वयमसेवीका रुपमा सहयोग गरेका थिए। बाँकी रहेको शुद्व दूध टेस्ट अफ लाहोर रेस्टुरेन्टकी प्रोप्राइटर रेखा श्रेष्ठले रेस्टुरेन्टकै फ्रिज उपलब्ध गराइ भण्डारण गर्न सहयोग गरेकी छिन् । बाँकी दूध त्यहीँबाट वितरण गरिने छ।

जन्म जयन्ती मनाउने क्रममा नेपाली अमेरिकन कलाकार संघलाई(सदस्य मधुर गिरि मार्फत ८० ग्यालन दूध र ४० बक्स चकलेट बार, स्याङजा समाज अमेरिकालाई(सदस्य दिनेश भण्डारी मार्फत ४० ग्यालन दूध र ५० बक्स चकलेट बार, ठकुरी समाज अमेरिका कि उपाध्यक्ष बिमला हमाल श्रेष्ठ मार्फत ८० ग्यालन दूध, वर्ल्ड कनेक्सन यु एस ए ईन्कका प्रेसिडेन्ट आङ गेलु शेर्पा र एन आर एन अमेरिकाका पूर्व उपाध्यक्ष टेम्बा शेर्पा मार्फत १६० ग्यालन दूध, एलओएच–एनवाइसी कि डाइरेक्टर केयला सर्जियो लाई १०० ग्यालन दूध गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले हस्तान्तरण गरेको थियो।

गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले ब्रुक्लिनबोरो प्रेसिडेन्ट एरिक अडाम्स, रिभर फण्ड का मुख्य उत्पादन अधिकारी डा ओट्टो स्टार्जमेन र टेस्ट अफ लाहोर रेस्टुरेन्ट की प्रोप्राइटर रेखा श्रेष्ठलाई धन्यवाद एवम् हार्दिक आभारसमेत प्रकट गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ