arrow

पहिरोले डेड वर्षे बालक मरे, बाबु र हजुरबुबा गम्भीर, सात वर्षे बालिका रहिनन्, आमाको ६ घण्टापछि उद्दार 

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
gulmi_district_map.png

गुल्मी । अविरल वर्षासँगै आएको बाढी र पहिराका कारण जिल्लामा दुई जनाको मृत्यु भएको छ भने अन्य एक जना बेपत्ता बनेका छन् । 

बिहीबार मध्यराति आएको पहिरामा परी इस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिने छोरा सुरजको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिए । 

पहिरोमा परी इस्मा– १ अन्तर्गत निस्ती ढाँडफाँटकी सात वर्षीया अपिच्छा खत्रीको पनि मृत्यु भएको स्थानीय व्यवसायी ऋषिराम अर्यालले जानकारी दिए । 

पहिरामा परेर घाइते बनेकी बालिकाकी आमा ईश्वरीलाई स्थानीयवासीले शुक्रबार बिहान ६ घण्टापछि जीवितै उद्धार गरेका थिए ।  

ढाँडफाँटमा गए राति बस्ती माथिबाट पहिरो खसेको थियो ।  आमासँगै भाग्ने क्रममा बेपत्ता बनेकी बालिकाको शव शुक्रबार बिहान खोला किनारमा फेला परेको थियो ।  

पहिरोसँगै निस्ती खोलामा आएको बाढीले अस्थायी होटलसमेत बगाएको छ । होटलमा बास बसेका मुसिकोट नगरपालिका –२ का भागीरथ घिमिरे सम्पर्कविहीन रहेको स्थानीयवासी रामबहादुर केसीले बताए ।

पहिरामा परी बालिकाका हजुरबुवा ६३ वर्षीय टीकाबहादु र मृतक बालकका आमाबुवासमेत गम्भीर घाइते भएका छन् ।

राति १२ बजे बस्तीदेखि पाँच सय मिटर माथिबाट पहिरो खसेपछि त्यस क्षेत्रका एक दर्जनभन्दा बढी घरपरिवार विस्थापित बनेको बताइएको छ ।

 पानी परिरहेका कारण अहिले पनि पहिरो खस्नेक्रम जारी छ । पहिराले सडक अवरुद्ध बनेका कारण घाइतेको उद्धारमा समस्या परेको स्थानीयवासीले बताएका छन् । 

घटनाको जानकारी पाएपछि बिहानै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली अत्यावश्यक सामग्रीसहित घटनास्थलतर्फ जाँदै गरेको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ