arrow

सरोजको गाली खान्थिइन् करीना, बाथरूममा ताल्चा लगाएर गरिन् एक काम

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
Kareena-Kapoor-Saroj-Khan1.jpg

काठमाडौं । बलिउडका सर्वश्रेष्ठ कोरियोग्राफरहरूमध्येकी एक सरोज खानको शुक्रबार मृत्यु भयो । उनको मृत्युसँगै बलिउड फिल्म उद्योग शोकमा डुबेको छ । वलिउडमा एक पछि अर्का कलाकारको मृत्युले सबै चकित बनेका छन् । सुशांतसिंह राजपुतको आत्माहत्या प्रकरणबाट बलिउड मुक्त हुन नसकिरहेको समय सरोज खानको मृत्यु भएको छ । यसअघि ऋषि कपुर र इरफान खानको मृत्यु भएको थियो । खानको ७१ बर्षको उमेरमा मृत्यु भएको हो । 

बलिउडकी नृत्य निर्देशक सरोज खानले ५० देखि ६० को दशककी नायिकादेखि आजका अभिनेत्रीहरूसम्म उनको इशारामा नचाउ थिइन्, तीमध्ये एक हुन् अभिनेत्री करीना कपूर । 

'डान्स इण्डिया डान्स' सीजन ७ मा करीना कपूर खानले बलिउड उद्योगमा प्रवेश गरेको समय सरोज खानले उनलाई कसरी गाली गर्थिइन् त्यसबारे बताएकी थिइन् । 'डान्स इण्डिया डान्स' मा करीना  जजको रुपमा काम गरिरहेकी थिइन्।

सो क्रममा करीना उनीसँग सम्बन्धित किस्सा शेयर गर्छिन् र सरोज खानले उनलाई कसरी सेटमा गाली गर्थिइन् बताउँछिन्। करीनाको सो भिडियो भाइरल भइरहेको छ, जसमा करीना कपूरले सरोज खानको नक्कल गर्छिन् र भन्छिन्, 'यी केटीले कम्मर हल्लाउँदै रातको १ बजे के गर्दैछिन्।' करीना भन्छिन् उनी सरोज खानको हप्काउँदा डराउँछिन्। जसरी एक मास्टरले हप्काउदा विद्यार्थी डराउथे।  सो समय करीना कपूरले निकै नरमाइलो महसुस गर्थिइन् ।

करीना कपूरले सरोज खानलाई प्रभावित गर्न धेरै गाह्रो रहेको खुलासा गरेकी थिइन्।  'रेफ्यूजी फिल्म शुटिङको बेला जब मैले उनलाई भने कि मलाई कसरी नाच्ने थाहा छैन, उनले जवाफमा भनिन् यदि तिमीलाई कसरी नाच्ने थाहा छैन भने, तिमिलाई हात-खुट्टिले नाच्न आउँदैन भने आफ्नो अनुहारबाट नृत्यलाई प्रस्तुत गर्नुपर्छ ।'

करीना कपूरले भनिन् , 'मलाई बताएको अनुहारको हावभाव सिक्न म बाथरुममा ताल्चा लगाउँथे र त्यहाँ रहँदा अभिव्यक्तिको अभ्यास गर्थें। किनभने मेरी आमाले यदि तिमिले एक अभिनेत्री बन्न चाहान्छौ भने तिमिले केवल मास्टर जीको नृत्यलाई अभ्यास गर्नुपर्छ भन्नुभएको थियो । मैले यसमा काम गरें र आज यहाँ पुगेको छु। मास्टरजीले हामीलाई प्रत्येक शट अघि अनुहारको भाव देखाउनुहुन्थ्यो।'

 जवाफमा सरोज खानले भनेकी थिइन्,' सबै नायिका मलाई मनपर्ने छन्।'

७१ वर्षिया सरोज कयौं दिनदेखि स्वासप्रश्वासमा समस्या भएका कारण अस्पतालमा भर्ना भएकी थिइन् । हृदयाघातका कारण उनको शुक्रबार बिहान १ ३० बजे  निधन भएको हो। उनलाई गत महिना जुन २४ तारिखमा मुम्बईको गुरु नानक अस्पताल भर्ना गरिएको थियो । ४० वर्षको करियरमा उनले दुई हजार भन्दा बढी गीतमा कोरियोग्राफी गरेकी थिइन् ।  उनले तीन पटक नेशनल अवार्ड पनि जितेकी थिइन् । सरोजले श्रीदेवी र माधुरी दीक्षितजस्ता कलाकारलाई जन्माएकी थिइन् । 

सन् १९७४ मा आएको ‘गीता मेरा नाम’ सरोजले काम गरेको पहिलो चलचित्र थियो । उनले हेमा मालिनीलाई नचाएकी थिइन् । सन् १९८७ को मिस्टर इन्डियाको हवा हवाइमा श्रीदेवीलाई र सन् १९८८ को तेजावमा माधुरीलाई एक दो तीन....मा नचाएकी थिइन् ।  सन् १९९२ मा आएको बेटा चलचित्रको धक–धक करने लगा.... तथा सन् २००२ मा आएको देवदास फिल्मको ‘डोला रे डोला....’ चर्चित मध्ये पर्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ