arrow

कामपाले कागजी प्रक्रियाबाट नक्सा पास नगर्ने

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि  नक्सा स्वीकृत गर्दा विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रयोगमा ल्याउने भएको छ ।  कुनै पनि भवनको नक्सा पास गर्दा कागजी प्रक्रिया पूर्णरुपमा बन्द गर्नका लागि कामपाले यस किसिमको अभ्यास शुरु गर्न लागेको हो । नक्सा दर्ता भएको ३० दिनभित्र स्वीकृतिको प्रमाणपत्र दिने गरी प्रणाली विकास गरिरहेको कामपाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले जानकारी दिए ।  

प्रमुख अर्यालका अनुसार सेवा लिन कार्यालय नै पुग्नुपर्ने, कर्मचारीलाई कुर्नुपर्ने अभ्यासलाई सुधार गर्न खोजिएको हो । यस प्रणालीमा दर्खास्तवालाले आफ्नो फाइल कुन डेस्कमा वा कुन अधिकारीकोमा पुगेको छ भनेर घरमै बसेर बुझन सक्छन् । कामपाले दुई वर्षअघि नै अनलाइबाट नक्सा पास गर्ने तयारी गरे पनि प्रभावकारी हुन सकेको थिएन । 

विद्युतीय हरस्ताक्षर कार्यान्वयनमा आइसकेपछि दर्खास्तवालाले घरमै बसेर नक्सा दर्ता गर्न सक्छन् । मापदण्ड र कागजागत पुगेका नक्सा स्वचालित प्रणालीबाट प्रक्रियामा जान्छन् । यस प्रक्रियामा दर्खास्तवाला सरजमिन गर्ने बेला र प्रमाणपत्र लिने बेला कार्यालयमा जानुपर्छ । बैंकमा दस्तुर बुझाउने बेला ऊसँग बैंकको कारोवार गर्ने सुविधाअनुरुप घरमै बसेर वा बैंकमा गएर तिर्न सक्छन् ।

फाइल प्रक्रियामा जाँदा शुरुआतमा नक्सा दर्ता भएको, दस्तुर बुझाएको र नक्सा स्वीकृत भएर प्रमाणपत्र लिन अनुरोध गरिएको एसएमएस दर्खास्तवालाको मोबाइलमा जान्छ । महानगर क्षेत्रभित्र भवन निर्माण वा पुनःनिर्माण गर्दा महानगरबाट अनिवार्य नक्सा स्वीकृत गराउनुपर्छ । यसो नगरे संरचना गैरकानूनी हुन्छ । भवन इजाजत विभागका प्रमुख सुरज शाक्यका अनुसार कामपा क्षेत्रभित्र निर्माण भएका भवन, तला थप हुने भवन, नयाँ निर्माण गरिने भवन तथा संरचनाको अनिवार्य नक्सापास गर्नुपर्छ ।

जग्गा धनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपि, चालू आर्थिक वर्षको मालपोत तिरेको रसिदको प्रतिलिपि, जग्गा धनी दर्ता प्रमाण पूर्जामा फोटो नभएको भए नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपिसहित १४ प्रकारका कागजात आवश्यक पर्छन् । पछिलो समय भवन निर्माण गर्दा नक्सा पास अनिवार्य गरे पनि पहिले नै निर्माण भएका भवन भने धेरै नक्सा पासविनै निर्माण भएको महानगर नै स्वीकार गर्दछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ