arrow

सशस्त्र प्रहरीले बाँकेले बरामद गर्‍यो लाखौंको अवैध सामाग्री

logo
सौरभ गिरी,
प्रकाशित २०७७ असार १९ शुक्रबार
apf-smuggler-arrest.jpg

नेपालगन्ज। सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले आज बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य  सामाग्री बरामद गरेको छ।

बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १को रामपुर भन्ने स्थानबाट आज बिहान ४ बजे सुर्तीजन्य सामाग्रीसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो। मोटरसाइकल बरामद गरिएपनी चालकहरु भागेका थिए।

बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती १३ सय पोका, बिडी ३८७ पोका, कमलापसन्द १०० डिब्बा, किशोरीलाल सुर्ती ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएको दुई वटा  मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

बरामद गरिएका सामाग्रीको मूल्य ३ लाख ६३ हजार ५१५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ। कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १४ लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ। बरामद गरिएका सामाग्रीलाई भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ