arrow

गाउँका विद्यालयसम्म पुगेर संगठन बिस्तार गर्न देउवाको सुझाव

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
nsu-blood-donation.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघले गाउँगाउँका विद्यालयसम्म पुगेर संगठन निर्माण गर्नुपर्ने बताएका छन्।

कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औँ जन्मजयन्तीका अवसरमा शुक्रबार नेविसंघ केन्द्रीय समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा  उनले नेविसंघको नेतृत्व जिल्ला र गाउँसम्म पुगेर संगठन निर्माण गर्नुपर्नेमा जोड दिए । 

“काठमाडौँमा बसेर नेता नेताको घरमा पुग्नुभन्दा जिल्ला, गाउँ, क्याम्पस र विद्यालय पुगेर संगठन निर्माणमा लाग्नुपर्छ”, उनले भने । नेविसंघमा अहिले संगठन निर्माणभन्दा पनि नेताहरुको घरघरमा धाउने प्रवृत्ति बढ्दै गएको उनको भनाइ थियो । 

नेविसंघका अध्यक्ष राजीव ढुङ्गानाले कोभिड–१९ का कारण समस्यामा परेका विद्यार्थीलाई सरकारले राहत दिन नसकेको तथा बन्दाबन्दीका समयमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेर जनतालाई दुःख दिएको आरोप लगाए । 

नेविसंघका महामन्त्री दीपक भट्टराईले विद्यार्थीको हकहितका लागि स्थापित नेविसंघले गाउँसम्म पुगेर संगठन विस्तार गर्ने बताए । कार्यक्रममा ७० भन्दा बढी विद्यार्थीले रक्तदान गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ