arrow

माहुरी होमद्धारा प्रतापपुरलाई स्वास्थ्य तथा सरसफाई समाग्री हस्तान्तरण

logo
रबिन्द्र यादव,
प्रकाशित २०७७ असार १९ शुक्रबार
mahuri-homes.jpg

नवलपरासी पश्चिम । नवलपरासीको प्रतापपुर गाउँपालिकालाई युनाेप्स द्धारा स्वास्थ्य र सरसफाई समाग्रीहरु हस्तान्तरण गरीएको छ । गाँउपालिकाले त्रिभुवन बेलाटारी क्यम्पसमा सञ्चलन गरेको क्वारेन्टाईन व्यवस्थापनको लागि ति समाग्रीहरु दिईएको हो ।

प्रतापपुर गाँउपालिकामा मधेश मानव अधिकार गृह (माहुरी होम) द्धारा सहज परीयोजना सञ्चालनमा रहेको छ । उक्त परीयोजनाले प्रतापपुर गाउपालिकाको वडा नं. ५ र ७ मा काम गर्दै आएको छ भने परीयोजनालाई डिएफआईडिले आर्थिक सहयोग गरेको छ । यसै सहज परीयोजना अन्तर्गत डिएफआईडिले युनाेप्स मार्फत गाँउपालिकालाई पानी फिल्टर एक्वा १ वटा, डस्टविन १० वटा, खेल समाग्री बच्चाहरुको लागि ११ थान, सर्जिकल मास्क २० बट्टा, डिस्ईन्फेक्टेड स्प्रे मेसनि २ वटा र ५ लि को झोल औषधी २ वटा, हरलिक्स १३ वटा, लाईजोल ५ र फिनायल १० वटा, पानी टयांकी एक हजार लि. २ वटा प्याडल पावर हाथ धुने टंकी १ वटा, मर्यादा किट(महिलालाई आवश्यक कपडाहरु), पानी मोटर १ वटा, ओखती साबुन १२० वटा र सर्वोत्तम लिटो ४ वटा युनोप्सका गजेन्द्र यखाराईले गाँउपालिका कार्यवाहक अध्यक्ष अन्जु कुमारी चौधरीलाई हस्तान्तरण गरेका छन् ।

 गाउपालिकाले बनाएको क्वारेन्टीन अझै व्यवस्थित गर्नको लागि सरसफाई समाग्रीहरु वितरण गरीएको छ भने स्वास्थ्य समाग्री क्वारेन्टीमा बसेका बच्चा आमा सहितको परीवार र अन्य महिलाहरु लाई स्वास्थ्य रहनको लागि दिईएको छ । यस्तै क्वारेन्टीनमा बसेका स–सना बच्चाहरुले खेल्ने समाग्री मार्फत खुशि रहने भनेर खेल समाग्री दिईएको छ ।

केही दिन अगाडि माहुरी होमको सहकार्यमा र युनोप्सको सहयोगमा गाँउपालिका संग सानो छलफल गरी केही तथ्यांकहरु लिने कार्य भएको थियो । त्यसै अनुसार गाँउपालिकाले आवश्यक समाग्रीहरु वारे युनोप्सका गजेन्द्र यखाराईलाई जानकारी गराएको थियो । यसै अन्तर्गत हिजो विहिवार माहुरी होमको सहकार्य र युनोप्स मार्फत डिएफआईडिकाे आर्थिक सहयोगमा गाँउपालिकालाई सहयोग गरेको गजेन्द्र यखाराईले बताए ।

त्यस्तै गाँउपालिका कार्यवाहक उपाध्यक्ष अन्जु कुमारी चौधरीले यस्तो विपदको समयमा गाँउपालिकाले मात्रै गर्न सम्भव नभएकोले यस्तै संघ संस्थाहरु को सहयोग आवश्यक रहेको बताउनु भयो । माहुरी होम द्धारा सञ्चालित सहज परीयोजनाले पहिला पनि गाँउपालिकाको न्यायकि समितिलाई व्यवस्थित बनाउन सहयोग गरेको र अहिले पनि गर्दै आएकोले विशेष धन्यवाद ज्ञापन गरेको चौधरीले बताईन् । 

यसै विच गाँउापालिका प्रशासकिय प्रमुख घनश्याम गाँहा मगरले यस संस्थाले गरेको सहयोग सर्हानिय भएको भन्नु भयो । क्वारेन्टीन व्यवस्थापन संयोजक हेमेन्द्र पंजियारले यस परीयोजना मार्फत भएको सहयोग दिर्घाकालिन काम लाग्ने समाग्रीहरु रहेकोले गाँउपालिकाको केही आर्थिक क्षेत्रमा सहयोग पुगेको बताउनु भएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ