arrow

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९१ प्रतिशत सम्पन्न

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
gautam-buddha-international-airport1.jpg

काठमाडौं । सरकारले लकडाउन अवधिमा गौतमबुद्ध अनतर्राष्ट्रिय विमान्सथल निर्माणको काम थप ३ प्रतिशत भएको जानकारी दिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले  चैत ११ यताको अवधिमा थप ३ प्रतिशत काम भएको शुक्रबार जानकारी गराएको हो । योसँगै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम हालसम्म ९१ प्रतिशत सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार हाल विमानस्थलमा रनवे लाइट जडान लगायतका कार्य भइरहेका छन् । ‘धवनमार्ग पार्किङ क्षेत्र जोड्ने लिङ्क ट्याक्सीवे निर्माण सम्पन्न भएको छ’ मन्त्रालयले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘रनवे लाइट जडानको कार्य अन्तिम चरणमा पुगेको छ ।’

त्यस्तै टर्मिनल भवनमा एयर कन्डिसन तथा अन्य उपकरण जडान कार्यसम्बन्धि कार्य र मार्बल, टाइल्स, एलुमोनियम तथा रंगरोगन कार्य जारी रहेको मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै पछिल्लो समय मेसनरी तथा अन्य उकरण आउने क्रम सुरु भएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

त्यस्तै मन्त्रालयले लकडाउन अवधिमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्यमा थप ९ प्रतिशत प्रगति भएको जनाएको छ । पोखरा अनतर्राष्ट्रिय विमानस्थलको एक्सेस रोड, कार पार्किङ एरिया, टर्मिनल एरिया वरिपरिको रोडको सबबेश तथा बेशकोर्स कार्य सम्पन्न भएर रिजिड पेभमेन्ट कार्य भइरहेको मन्त्रालयले उल्लेख गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ