arrow

प्रधानमन्त्री ओलीको समर्थनमा बुटवलमा प्रदर्शन, नेकपाकै नेतालाई भारतीय दलालको संज्ञा

logo
नारायण वली,
प्रकाशित २०७७ असार १९ शुक्रबार
oli-samarthan-butwal.jpg

रुपन्देही। प्रदेश–५ को अस्थायी मुकाम बुटवलमा शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली सरकारको समर्थनमा ओली पक्षका तत्कालिन नेकपा एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । अपरान्ह ४ बजे बुटवलको मिलनचोकबाट शुरु भएको विरोध जुलुसमा वर्तमान सरकारको वचाउ गरिएको थियो।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी वैठकमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने बहुमत सदस्यहरुले दवाव दिएपछि प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीका समर्थकहरुले बुटवलमा प्रदर्शन गरेका हुन् । 

जुलुसमा उपस्थित नेपाल कम्युनिष्ट पार्टीका तत्कालिन नेकपा एमाले, प्रधानमन्त्री ओली पक्षधरले प्रधानमन्त्रीको राजीनामा माग्ने नेकपाकै नेताप्रति इंगित गर्दै भारतीय दलालको संज्ञा दिए । समर्थकहरुले प्रधानमन्त्री ओलीलाई हटाउन खोजे परिस्थिती नराम्रो हुने चेतावनी दिएका थिए ।

भारतीय मतियार होसियार, अस्थिरता हामीलाई चाँहिदैन, सरकार ढाल्न पाईदैन, नागरिकता वितरण कडाई गर र लिम्पियाधुरा, लिपुलेक, कालापानी, केपी ओली हुन् फर्काउनी लगायतका नाराहरु लगाएका थिए ।

बुटवल तत्कालिन नेकपा एमालेको गढ मानिए पनि उल्लेख्य रुपमा जुलुसमा सहभागी देखिएनन्। कोणसभामा नेकपाका नेताहरु नर वहादुर घर्ती, धुव्र आचार्य र कमल गौतम लगायत वोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ