arrow

सण्डरल्याण्ड रेलिगेशनबाट बच्यो, लिभरपुलको युरोपा लिग सम्भावना न्यून

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
Sunderland-celebrate.jpg.jpeg

एजेन्सी । इङ्गलिश प्रिमियर लिग फुटबलमा सण्डरल्याण्ड रेलिगेशनमा पर्नबाट बचेको छ । वुधबार राति भएको खेलमा एभर्टनलाई ३–० ले पराजित गर्दै सण्डरल्याण्ड रेलिगेशन क्षेत्रबाट बचेको हो । सण्डरल्याण्डलाई विजयी गराउन लामिने कोनले दुई तथा प्याट्रिक भानले एक गोल गरे ।

एक खेल खेल्न बाँकी छँदा सण्डरल्याण्ड रेलिगेशन क्षेत्र पर्नबाट जोगिएको हो । उसको ३७ खेलबाट ३८ अंक भएको छ । रेलिगेशन क्षेत्रमा रहेका न्यूकासल युनाइटेड, र नर्विच सिटीको समान ३४ अंक छ । यस्तै एस्टोन भिल्लाको १७ अंक मात्रै छ । यो संगै यी तीन टोली रेलिगेशनमा पर्ने पक्का भएको छ । नर्विच सिटीले वाट्फोर्डलाई ४–२ ले हराएपनि रेलिगेशन जोन जोगिएन । न्यूकासल युनाईडेड र नर्वीच सिटी शीर्ष डिभिजनको फुटबल प्रिमियरसिपबाट दोस्रो श्रेणीको च्याम्पियनसिपमा झरेका छन् । सण्डरल्याण्ड भने प्रिमियर डिभिजनमै सुरक्षित छ ।

बराबरीले लिभरपुललाई झट्का
लिभरपुल चेल्सीसंग १–१ को बराबरीमा रोकिएसंग संकटमा परेको छ । यो बराबरीले लिभरपुलको युरोपा लिग खेल्ने सम्भावना कमजोर बनेको छ । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा चेल्सीले इडेन हाजार्डको गोलबाट अग्रता लियो । खेलको इन्जुरी समयमा लिभरपुलका क्रिष्टेन बेन्टेकले गोल गर्दै खेल बराबरी गरिदिए । बेन्टेकको बराबरीले केही आसा पलाएपनि अतिरिक्त समयमा गोल हुन सकेन ।

लिभरपुलले यो खेल जितेको भए युरोकपको सम्भावना जिवितै रहन्थ्यो । ५९ अंक जोडेको लिभरपुलको युरोपा लिग यात्रा वेष्टह्यामको अन्तिम खेलले निर्धारण गर्ने छ । हाल यी दुईबीचको गोल अन्तर दुई मात्र छ ।  म्यान्चेस्टर युनाइटेड र वेष्टह्याम हाल सम्म युरोपा लिगका लागि सुरक्षित छन् । साउथ ह्याम्पनको सम्भावना जिवित छ । चेल्सीको भने युरोपा लिग सम्भावना समाप्त भइसहेको छ । लेस्टर सिटीले उपाधि उचाल्दा टोटनह्याम र आर्सनल क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । म्यान्चेष्टर सिटी शीर्ष चारभित्र सुरक्षित छ ।

Patrick van Aanholt pictured celebrating Sunderland's opening goal with his manager Sam Allardyce at the Stadium of Light

Sunderland defender Younes Kaboul pictured yelling towards the fans as his side survival relegation from the Premier League

Sunderland manager Allardyce pictured celebrating after full-time as it was confirmed that they will not be relegated this season

Sunderland secured their Premier League status by beating Everton as they relegated Norwich and Newcastle on Wednesday night

Sunderland supporters pictured holding up a banner that reads 'Bye Bye Mags' as Newcastle were confirmed as relegated



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ