arrow

कोरोनाकालमै झनै व्यापार फष्टायो, विश्वकै धनाढ्यको सम्पति ५६ अर्ब डलरले बढ्यो

logo
एजेन्सी,
प्रकाशित २०७७ असार १९ शुक्रबार
amazon-bezos-wife.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्वको अर्थतन्त्र धरासायी बनेको छ। लामो समयको लकडाउनका कारण विश्वका लगभग सबै मूलुकको अर्थतन्त्रमा ठूलो धक्का लागेको छ भने ठूला भनिएका निजी व्यवसायहरु पनि नाजुक मोडमा पुगेका छन्।

तर, यसबीच इन्टरनेट प्रविधिले भने विश्वलाई नयाँ पाठ सिकाएको छ। इन्टरनेटको माध्यमबाट हुने अनलाइन किनमेल कम्पनी इकर्मसको व्यापार कोरोनाकालमा भएको लकडाउनका बेला उल्लेख्य रुपमा फष्टाएको छ।

अमेजन अहिले विश्वकै ठूलो ईकमर्स कम्पनी हो। यसका संस्थापक जेफ बेजोस अहिले विश्कै धनाढ्य व्यक्ति हुन्। उनले लकडाउनको अवधिमा झन धेरै फाइदा कमाउँदै अहिलेसम्मकै बढी आम्दानी गरेका छन्। जेफ बेजोसको कुल सम्पति १ सय ७१ अर्ब अमेरिकी डलर पुगेको छ। यस वर्षमात्रै उनले ५६ अर्ब अमेरिकी डलर भन्दा बढी कमाएका छन्।

जेफ बेजोसले गत वर्ष आफ्नी श्रीमतीसँग डिभोर्स गरेका थिए। उनले डिभोर्स हुनुअघिको सम्पति भन्दा पनि बढी सम्पती आर्जन गरेका हुन्। डिभोर्स गर्दा पाएको अमेजनको सेयरले उनकी श्रीमती म्याकेन्जी बेजोस अहिले विश्वकै १२ औं धनी व्यक्ति बनेकी छन्। डिभोर्स गर्दा म्याकेन्जीको सम्पति ३८ अर्ब डलर थियो भने अहिले उनको सम्पती ५६ अर्ब डलर पुगेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ