arrow

स्वाभावमा रहेको दोष कसरी हटाउने ?

आत्म-विश्लेषण साधन – स्वाभाव दोष निर्मूलन तालिका (भाग १)

logo
प्रकाशित २०७७ असार १९ शुक्रबार
sobhav-dosh.jpg

काठमाडौं । मानिसहरु सबैको आआफ्नो स्वभाव हुन्छ । सबैको स्वभाव भित्र विविध मात्रामा दोष हुन्छ । कुनै व्यक्तिमा स्वभाव दोष थोरै हुन्छ भने कुनै व्यक्तिमा अधिक मात्रामा पाइन्छ ।  आत्म जागरूकता व्यक्तित्व विकासको प्रथम चरण हो, यसमा हामीले एउटा राम्रो व्यक्ति बन्न स्वभाव दोष प्रति आत्म जागरूक हुन महत्वपूर्ण हुन्छ । यद्यपि स्वयंलाई बुझ्न सरल हुँदैन तथा व्यक्तित्व र मनलाई बुझ्नमा धेरै महिना लाग्न सक्छ, त्यसैले स्वभाव दोष हटाउनको लागि स्वयंले नै कार्य गर्नुपर्छ । स्वयंलाई तटस्थतासँग विश्लेषण गर्न धेरै कठिन हुन्छ र यो क्षमतालाई विकसित हुन पनि केहि समय लाग्न सक्छ एवं यसमा व्यक्तिले स्वयंप्रति निष्पक्ष र ईमानदार रहन आवश्यक हुन्छ । यो व्यक्तिको मनको वास्तविक अवस्थालाई बुझ्नको लागि उसको तडपसँग पनि सम्बन्धित हुन्छ ।

अघिल्लो अध्यायमा, हामीले तपाईबाट विभिन्न घटनाहरु तथा परिस्थितिहरुमा तपाईको कहाँ गल्ती भएको थियो अथवा प्रतिकूल प्रतिक्रिया दिनुभएको थियो त्यस बिषयमा लेखेका थियौं । यो स्वयंको विषयमा जानकारी एकत्रित गर्ने प्रथम चरण हो । एक पटक विभिन्न गल्तीहरु लेखेपछि तपाई आफ्नो गल्तीको विश्लेषण कसरी गर्नुपर्छ यो विषयमा अर्को चरणको लागि तयार हुनुहुन्छ । यस अध्यायमा तथा आउने केहि अध्यायहरुमा हामी अर्को चरणहरु वर्णन गर्नेछौं । हामी गल्तीको तीव्रता र गम्भीरतालाई बुझ्नुको साथ गल्तीको मूल कारणको विश्लेषण तथा निर्धारण कसरी गर्न हो यसको रूपरेखा प्रदान गर्नेछौं ।

स्तम्भ D – गल्तीको तीव्रता कसरी निर्धारित गर्ने ?
स्तम्भ D मा ड्रप-डाउन सूचीलाई बुझ्नु भन्दा अगाडी हामीले आफ्नो तीव्रतालाई कसरी निर्धारित गर्न सकिन्छ यसको विविध मापदण्डसँग सम्बन्धित केहि पृष्ठभूमि जानकारी दिन चाहन्छौं । मापदण्ड अगाडी दिए अनुसार छन् :
- स्वभावगत गुण अथवा विशेषताको प्रवृति : यो अवस्थामा यसले व्यक्तित्व दोषको प्रकृतिलाई जनाउँछ ।
- दोषको प्रबलतारतीव्रता : दोषको तीव्रतालाई जनाउँछ ।
- स्वभाव दोषको गति : यो स्वभाव दोषले व्यक्ति कति छिटो कार्य अथवा प्रतिक्रिया गर्न सक्छन्, यसलाई दर्साउँछ । यसले प्रतिक्रियाको अवधिलाई पनि सन्दर्भ गर्न सक्छ ।
- स्वभाव दोष कति समयसम्म रहन्छ ? के यो मूल अथवा द्वितीय अवांछनीय विशेषता हो रु 
- मूल अवांछनीय व्यक्तित्व विशेषताले व्यक्तिको यस्तो स्वाभावदोषलाई जनाउँछ जुन धेरै वर्षदेखि प्रचलित रहेको छ, उदाहरणको लागि किशोरावस्थादेखि नै । यो प्रायः त्यो विशेषताहरु हुन् जुन व्यक्तिको स्वभावमा दृढ हुन जान्छ ।
- द्वितीयक अवांछनीय विशेषता कुनै महत्वपूर्ण प्रतिकूल घटनापछि सतह हुन सक्छ जस्तै प्रियजन गुमाउनु अथवा परीक्षामा विफल हुनु अथवा मानसिक रोग प्रकारण जस्तै उदासीनता । तर यदि व्यक्ति यी दोषहरु माथि विजय प्राप्त गर्न सक्दैन भने समयको साथ यी द्वितीयक दोषहरु उसको व्यक्तित्वको एउटा हिस्सा मानिन्छ । (सन्दर्भस् ट्रांसिएंट कैरेक्टरिस्टिक्स इन हिप्नोथेरेपी एक्कोर्डिंग टू द पर्सनालिटी डिफेक्ट मॉडल ऑफ साईकोथेरेपी) ।
- हाम्रो वरपरका मानिस र समाजमाथि पर्ने प्रभाव

हामी केवल यो कुरामा ध्यान राख्दैनौं कि गुण अथवा दोषमा गुणवत्ता (प्रवृति) तथा मात्रा (प्रकटीकरणको आवृति) हुन्छ, यो पनि ध्यानमा राख्नु पर्छ कि यसमा गति अथवा बल पनि हुन्छ । अतः केहि गुणको गति निर्धारण समयको कारकबाट गर्न सकिन्छ । आउनुहोस् उपर्युक्त दिएको तथ्यसँग सम्बन्धित केहि उदाहरणहरुमा दृष्टि हालौं जसले यो कुरा बुझ्न धेरै सरल हुन जान्छ ।
उदाहरण १: एउटा व्यसनी (शारीरिक स्तरमा)
मापदण्ड                      विवरण
व्यक्तित्व विशेषताको प्रकृति       रक्सी पिउने
व्यक्तित्व विशेषताको मात्रा       एक दिनमा ८ पेग रक्सी पिउने
व्यक्तित्व लक्षणको गति       आधा घण्टामा ८ पेग पिउने
आधारभूत अथवा माध्यमिक    यो लत २- वर्षदेखि छ – अतः यसलाई ‘आधारभूत’ मानिन्छ किनभने यो उसको स्वभावमा दृढ भईसकेको छ
अरुमा प्रभाव    धेरै –      कहिलेकाँही हिंसात्मक व्यवहार हुन्छ

उदाहरण २: छिट्टै रिसाउने व्यक्ति (मानसिक स्तरमा)
मापदण्डड                              विवरण
व्यक्तित्व विशेषताको प्रकृति         रिसाउने
व्यक्तित्व विशेषताको मात्रा         छिट्टै रिसाउने
व्यक्तित्व लक्षणको गति         जब उसलाई रिस उठ्छ तब उ धेरै घण्टा सम्म निरन्तर रिसाइ रहन्छ
आधारभूत अथवा माध्यमिक         माध्यमिक –चाडै रिसाउने एक वर्ष पहिला उत्पन्न भएको हो जब जागिर गुमायो र अहिलेसम्म अर्को जागिर पाएन
अरुमा प्रभाव    धेरै –       घरमा परिवारको साथ र साथीहरुसँग पनि शान्ति खलबलाइ दिन्छ

व्यक्तिको व्यक्तित्वमा केहि विशेशताहरुले अन्य स्वभावहरुमा बृद्धि वा कम गर्न सक्छ,  उदाहरणको लागि कसैको बुद्धिमत्ता अथवा यो ज्ञान कि रक्सी स्वास्थ्यको लागि हानिकारक हुन्छ यसले रक्सी प्रति ‘आसक्ति’ कम अथवा परिवर्तित हुन सक्छ ।

तपाई माथिको उदाहरणहरुबाट देख्न सक्नुहुन्छ  व्यक्ति आफ्नो कृत्य तथा प्रतिक्रियाको तीव्रता, गति तथा प्रभावको विश्लेषण निर्धारण गर्न सक्दछ । यसलाई आफ्नो दैनिक स्वभाव दोष चार्टमा लेख्नको लागि हामीलाई दैनिक स्वभाव दोष निर्मूलन चार्ट टेम्पलेट स्प्रेडशीट मा स्तम्भ : दिएको छ । तपाई आफ्नो गल्तीलाई कसरी स्तम्भ ऋ मा वर्गीकृत गर्नु हुन्छ त्यसको आधारमा अर्थात अयोग्य कृत्य, अयोग्य प्रतिक्रियाहरु अथवा अयोग्य कृति र प्रतिक्रिया हुन्छ (अर्थात दुवै) यस अनुसारनै स्तम्भ म् को ड्रॉप डाउन पनि तल दिएको अनुसार परिवर्तित हुन्छ ।

प्रतिक्रिया    कार्- दुवै (कार्य तथा प्रतिक्रिया)
केहि मिनेट    कहिले काँही    कम तीव्र
केहि घण्टा    कहिले काँही    अधिक तीव्र
१ दिन    प्रायः    
केहि दिन    दीर्घकालिक    
केहि सप्ताह        
केहि महिना    
    
स्वभाव दोषको कारण भएको गल्तीको तीव्रताको विश्लेषण गरेपछि व्यक्ति उचित प्रकारसँग यो निर्णय लिन सक्छ कि कुन स्वभाव दोषलाई प्राथमिकता दिएर त्यसमाथि कार्य गर्नुपर्छ । यो स्वभाव दोष माथि विजय प्राप्त गर्नमा कति समय लाग्न सक्छ, यसको पनि सूचक हो । तल दिएको चित्रमा हामी यो बुझ्न सक्छौं कि कुन स्वभाव दोषमाथि पहिला कार्य गर्नुपर्छ तथा यसको निर्णय कसरी लिन सकिन्छ ।


 
जुन स्वभाव दोषहरु जसमा उच्च मात्राको गहनता हुन्छ र जसको कारण अन्य व्यक्तिहरु प्रभावित हुन्छन्, तिनीहरुलाई सकेसम्म शीघ्र हटाउनु पर्छ । केहि प्रकरणमा, कसैको स्वभाव दोषको प्रभाव लाखौं व्यक्तिहरुलाई प्रभावित गर्न सक्दछ । परिणामस्वरूप त्यो व्यक्तिको नकारात्मक प्रारब्ध (कर्म) शीघ्रतासँग बढ्दै जान्छ । उदाहरण, जब एउटा Eरष्ट नेता आफ्नो व्यक्तिगत लाभको कारण राष्ट्रको सम्पति चोरी गर्दछ भने यसको प्रभाव अधिक हुन्छ । 

यदि कुनै कारणवश सबै भन्दा गम्भीर स्वभाव दोषमाथि काम गर्नमा असमर्थ छ भने निम्नतर स्वभाव दोषबाट आरम्भ गर्न सकिन्छ तथा पछि अधिक गहन दोषहरु माथि विजय प्राप्त गर्नको लागि प्रयास गर्न सकिन्छ ।

स्तम्भ E– दीर्घकालदेखि रहेको समस्याहरु
स्तंभ E मा तपाईले यो बुझ्ने अवसर पाउनु हुन्छ जुन घटना र प्रतिक्रिया भएको छ, के त्यो तपाईको प्रकरणमा लामो समयसम्म रहने समस्याको रूपमा छ । यसको विकल्प सामान्यतः ‘हो’ अथवा ‘होइन’ मा हुन्छ । उदाहरणको लागि, यदि तपाईले पछिल्लो एक दशकदेखि स्वयंमा कुनै प्रतिक्रिया अनुभव गर्नु भएको जस्तै ‘सहकर्मीको प्रशंसा गर्दा खेरि ईर्ष्याको भावना हुनु’, तब स्तम्भ ‘E’ मा त्यो प्रतिक्रियाको लागि ‘हो’ मा चिन्ह लगाउन सक्नु हुन्छ ।
स्तम्भ B मा वर्णित घटनाको लागि ‘हो’ भनेर चिन्ह लगाउँदा यसले तपाईको आफ्नो स्वयंको आत्म जागरूकता माथि प्रकाश पार्दछ कि सभवतः यो प्रकारको घटनाहरु तपाईलाई अथवा अरुलाई अनेक वर्षदेखि केही हदसम्म कष्ट दिदै आइरहेको छ । यो स्तम्भ अघिल्लो स्तम्भ D जुन ‘तिव्रता’ विषयमा छ त्योसँग सम्बन्धित छ तथा यसले स्वभाव दोषको तीव्रता अर्थात गल्ती हुने तथा त्योबाट कति समयसम्म व्यक्ति पीडित भयो यो बुझ्नमा सहायता मिल्दछ ।
वैकल्पिक रूपमा, यदि यो धेरै समयदेखि भइरहेको समस्या होइन भने स्तम्भ E मा ‘होइन’ मा चिन्ह लगाउन सकिन्छ ।


स्तम्भ F – कसले गल्ती थाहा पायो ?
यो स्तम्भमा, तपाईलाई आफ्नो गल्तीको भान कसले गरायो यसको विवरण दिने अवसर मिल्दछ । यसमा मूलतः दुई विकल्पहरु छनौट गर्न सकिन्छ – अन्य तथा स्वयं । यो महत्वपूर्ण छ किन कि यसले व्यक्तिको आत्म जागरूकताको स्तर बुझ्न सहायक हुन्छ । यदि अरु व्यक्तिहरुले तपाईलाई धेरै गल्तीहरु सचेत गराइरहनु भएको छ भने यो कुरा बुझ्न आवश्यक छ कि तपाई आफ्नो कृत्य तथा प्रतिक्रिया र अरु माथि पर्ने प्रभाव बोरमा कम सचेत रहेको संकेत गर्दछ ।

माथि भनिएको तथ्यको साथ-साथै ड्रॉप डाउनबाट तपाई त्यो व्यक्तिको समूहपनि चयन गर्न सक्नु हुन्छ जसलाई तपाईको गल्तीको भान धेरै हुन्छ जस्तै परिवार, मित्र, सहकर्मी, साधक तथा मालिक । तपाई जोसँग प्रतिदिन मिल्नुहुन्छ, उनीहरुले तपाईको गल्तीको निरीक्षण गर्ने सम्भावना अधिक हुन्छ । यदि उनीहरु तपाईसँग रिसाउँछ वा तपाईले गरेको वा नगरेको केहीको बारेमा टिप्पणी दिन्छन् भने सावधान हुनुहोस् । यदि तपाई उनीहरुको यस प्रकारको मतलाई निष्पक्ष रूपले हेर्नुहुन्छ भने तब तपाईलाई थाहा हुन्छ कि उनीहरुले वास्तवमा तपाईकै बारेमा केहि कुरा भन्न खोज्दै छन् । 

यदि तपाई उनीहरुको मतसँग सहमत नभएपनि यो उहाँहरुको दृष्टिमा गल्ती मानिन्छ । त्यसैले उत्तम यही हुन्छ कि आफ्नो गल्ती स्वरुप लेख्नुहोस् र त्यसमाथि आत्मविश्लेषण गर्नुहोस् । एक पटक तपाईले स्वाभावदोष निर्मूलन प्रक्रिया (PDR process) बुझ्नु भएपछि, तपाई ज्यादा सम्पर्कमा रहेने व्यक्तिहरुसँग जो भन्न सक्छन् कि कहाँ सुधारको आवश्यकता छ, यस विषयमा सोध्न सक्नुहुन्छ । तपाई उनीहरुसँग विशेष परिस्थितिको उदाहरण दिनको लागि सोध्न सक्नुहुन्छ जहाँ उनीहरुलाई लाग्यो तापाईको कमीहरु देखियो । जब तपाई सत्संगमा सम्मिलित हुन आरम्भ गर्नु हुन्छ तथा कुनै प्रकारको सत्सेवा गर्नु हुन्छ तब साधकहरु जो स्वभावदोष निर्मूलन प्रक्रियासँग अधिक परिचित छन् उहाँहरुले तपाईलाई निरीक्षण गर्ने अवसर मिलदछ तथा उहाँहरुले तपाईलाई सुधारको क्षेत्रमा अगाडी बढ्न तपाईको सहायता गर्नेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ