arrow

कुन चिया पिउदा कस्तो समस्या

logo
प्रकाशित २०७७ असार २० शनिबार
Mint-Tea.jpg

काठमाडौं । सामन्य रुपमा पुदिनाको चिया पिउनु स्वस्थको लागि राम्रो मानिन्छ । क्याफिन रहित हुनुका साथै पुदिनाको चिया प्रतिरक्षा तन्त्र मजबुद बनाउन सहयोग गर्छ । तनाब र थकान कम गर्न पनि पुदिनाको चिया प्रभावकारी मानिन्छ । पुदिनाको चिया पिउनाले फाइदा मात्र नभइ बेफादा पनि छन् ।

जो मानिसलाई अपचको समस्या छ उसले पुदिनाको चिया पिउनु नोकसानदायक हुन्छ । अपचका बिरामिहरुले पुदिनाको चिया पिउनाले अपचको समस्या अझ बढ्न सक्छ । त्यसैले डाक्टरको परामर्श बिना पुदिनाको चिया सेवन गर्नुहुदैन । पुदिनाको चिया पिउनुको अर्को बेफाइदा यसले रगतमा चिनिको मात्रा कम गर्दछ । साथै मधुमेह रोगिहरुले खाने औषधिको प्रभावमा पनि असर गर्न सक्छ । यसैले मधुमेह रोगिहरुले यसको प्रयोग नगर्नु राम्रो हुन्छ ।

पुदिनाको चिया पिउनुले केहि मानिसहरुलाई एलर्जी हुने संभावना हुन्छ । यदि तपाईलाई पुदिनाको चिया पिएपछि टाउको दुख्यो, खुट्टमा दुख्ने लक्षण देखिए यो संकेत पुदिनाको चियाबाट भएको एलर्जी हो । यस्तो लक्षण देखिए पुदिनाको चिया सेवन गर्न बन्द गर्नुहोस र तुन्तै  उपचार गराउनुहोस् । पुदिनाको चिया औषधी गुणबाट युक्त भएपनि शिशु वा साना बच्चाका लागि नउचित हुन्छ। चिया सेवनबाट बालबालिकलाई स्वास लिन समस्या हुन्छ । त्यसैले पुदिनाको चियाबाट बालबालिकालाई टाढै राख्नुहोस् ।

साथै  ग्रीन टि पिउनुमा पनि  बेफाइदा रहेको छ ।  प्राय मानिसहरु ज्यादा ग्रीन टि  पिउनाले वजन कम हुन्छ भन्ने गर्दछन् तर ज्यादा ग्रीन टि पिउनाले टाउको दुख्ने, डायरिया हुने जस्ता समस्या देखा पर्दछन् । वजन घटाउन प्रतिदिन ३ कप ग्रीन टि नै  काफी हुन्छ ।
 
 ग्रीन टि पिउनुको सहि समय दिउसो हो । ग्रीन टि विहान खाली पेटमा पिउदा यसमा रहेको केफीनले एसिडिटी बढाउने गर्दछन् ।   निन्द्राको बिषयमा पनि  साधारण चिया पिउदा हुने असर बराबर नै ग्रिन टिले गर्ने गर्दछ ।  ग्रीन टीमा पाइने केफीनको कारणनै निन्द्रामा असर हुने हो ।
 
ग्रीन टि जति पुरानो भयो त्यति फाइदा गर्छ भन्ने चलन छ । तर ६ महिना भन्दा पुरानो ग्रीन टि नपिएकै राम्रो हुन्छ यसमा रहेको  एन्टीअक्सीडेन्टको पावर कम हुदै गएको हुन्छ । त्यस्तै  ग्रीन टि ज्यादा पिउदा साइड इफेक्ट्स हुन्छ ।  ज्यादा ग्रीन टि पिउनाले  हड्डि कमजोर हुन सक्छ र अनीमियाको समस्या बढ्न सक्छ ।  
 
गर्भावस्थामा ग्रीन टि पिउदा फाइदा भन्दा पनि बेफादा हुन सक्छ । ग्रीन टिमा हुने केफीन र टेनिनका कारण गर्भवती महिलालाई नोक्सान पुर्याउने हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ