arrow

ब्राजिलको सिनेटद्वारा राष्ट्रपति रुसेफविरुद्ध महाअभियोगको तयारी

logo
प्रकाशित २०७३ वैशाख ३० बिहिबार
dilma-rousseff-impeachment-brazil.jpg.jpeg
ब्राजिल । ब्राजिलकी राष्ट्रपति डिल्मा रुसेफविरुद्ध महाअभियोगको मुद्दा दर्ता हुने भएको छ । महाअभियोग मुद्दा दर्ता गर्न सिनेटमा उपस्थित ५० प्रतिशत विधायकको समर्थन प्राप्त हुन जरुरी रहनेछ । 
 
संसदमा आफूविरुद्ध महाअभियोगको मुद्दा दर्ता हुने लगभग पक्का भएपछि रुसेफका सरकारी वकिलले यहाँको सर्वोच्च अदालतमा अन्तिम अपिलका लागि निवेदन दर्ता गरेकि छन् । तर अदालतले राष्ट्रपतिविरुद्धको महाअभियोगको मुद्दा दर्ता गर्नु पहिले निवेदनमाथि बहस सुरु गर्ने सम्भावना भने कमै देखिएको छ । 
 
यदि रुसेफमाथि महाअभियोग मुद्दा दर्ता भएमा उनि छ महिनाका लागि पदबाट स्वतः निलम्बनमा पर्नेछिन् । तर नलाई राष्ट्रपतिबाट हटाउन संसदको दुईतिहाई सदस्यले रुसेफविरुद्ध वा महाअभियोगको पक्षमा मतदान गर्नुपर्नेछ । 
 
महाअभियोगको मुद्दामाथि बुधबार रातीसम्म वा बिहीबार बिहानै मतदान हुने सम्भावना रहेका जनाइएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ