arrow

प्रादेशिक प्राश्र्वचित्र सार्वजनिक

logo
निरंजन कुमार साह,
प्रकाशित २०७७ असार २० शनिबार
pradesh-24.jpg

जनकपुरधाम । प्रदेश नम्बर दुईको नीति आयोगले प्रादेशिक प्राश्र्वचित्र ( प्रोभिन्सियल प्रोफाइल ) सहित चारवटा पुस्तक शुक्रबार सार्वजनिक गरेको छ । मन्त्रिपरिषदको कार्यालयमा आयोजित एक कार्यक्रम बिच  प्रदेश नम्बर दुईका मुख्यमन्त्री तथा नीति आयोगका अध्यक्ष समेत रहेका लालबाबु राउतले उक्त पुस्तकहरु सार्वजनिक गरेका हुन् ।
 
शुक्रबार सार्वजनिक गरिएको पुस्तकहरुमा प्रादेशिक पाश्र्वचित्र २०७७, प्रदेश अनुगमन तथा मुल्यांकन मार्गदर्शन २०७७, प्रदेश योजना तथा कार्यक्रम मार्गदर्शन २०७७ र प्रदेश स्तरमा दिगो विकासका लक्ष्यहरुको आधारशिला प्रतिवेदन रहेका हुन् ।

कार्यक्रममा मुख्यमन्त्री राउतले आयोगद्वारा प्रकाशित पुस्तकहरु प्रदेशको नीति निर्माणका साथै विकास निर्माणका योजनाहरुलाई प्रभावकारी बनाउन महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले भने तथ्य र तथ्यांक विना विकास निर्माणलाई प्रभावकारी बनाउन सकिदैन, त्यसलाई नै दृष्टिगत गरेर यो पुस्तकहरु ल्याइएको छ यसले अगामी दिनहरुमा योजना बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने छ । 

कार्यक्रममा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले पुस्तकहरुको प्रकाशनमा प्रदेश सरकारको सबै निकायले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।
उपाध्यक्ष झाले भने , प्रदेश सरकारको यो पहिलो प्रयास हो , अगामी दिनमा यस लाई अझै परिस्कृत गरिने तर्क राखे ।
 
कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव, मुख्यन्यायधिवक्ता दिपेन्द्र झा सहितको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ