arrow

झापामा २८ सहित प्रदेशमा ३८ थपिए संक्रमित

logo
प्रकाशित २०७७ असार २० शनिबार
corona-jhapa.jpg

झापा । झापामा २८ सहित प्रदेश नं १ मा शुक्रबार ३८ जना कोभिड–१९  संक्रमित थपिएका छन् । यसरी  संक्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार झापामा २८ सहित मोरङ र उदयपुरमा पाँच-पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ । झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई रहेका छन् । 

साथै मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक-एक, उदयपुरको वेलकामा पाँच जनामा  संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेशमा  संक्रमितको सङ्ख्या ६५३ पुगेको छ । 

यस्तै प्रदेशबाट शुक्रबार छ जना  संक्रमितको निको भई घर फर्केका छन् । घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन् । प्रदेशमा निको हुने  संक्रमितको सङ्ख्या ४०६ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ