arrow

प्रदेश २ मा तीन हजार बढी संक्रमित, होम क्वारेन्टाइन बस्ने बढे

logo
प्रकाशित २०७७ असार २० शनिबार
corona-test-nepalgunj.gif

जनकपुरधाम । प्रदेश नं २ मा क्वारेन्टाइनमा बस्नेको सङ्ख्या घट्दै गइरहेको छ भने होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा वृद्धि भएको छ । यस प्रदेशका आठवटै जिल्लामा रहेका ४५५ वटा क्वारेन्टाइनमा असार १८ गतेसम्ममा बस्नेको सङ्ख्या तीन हजार ७७० मा झरेको छ ।

 यसअघि, असार १ गतेमा यस प्रदेशका विभिन्न क्वारेन्टाइनमा बस्नेको सङ्ख्या १५ हजार ५८१ थियो । कतिपयको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएपछि घर पठाइएको र संक्रमण पुष्टि भएपछि उपचारका लागि आइसोलेसनमा राखिएको कारणले क्वारेन्टाइनमा बस्नेको सङ्ख्या निरन्तररुपमा घट्दै गइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा कमी आए पनि होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्यामा भने वृद्धि भएको छ । सो मन्त्रालयको तथ्याङ्कअनुसार, असोज १ गतेसम्म होम क्वारेन्टाइनमा बस्नेको सङ्ख्या ११ हजार ६४३ थियो । असार १८ गतेसम्ममा यस प्रदेशमा संक्रमित सङ्ख्या १८ हजार ५६० पुगेको छ ।

यस प्रदेशमा असार १८ गतेसम्म ४४ हजार २३२ जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सोमध्ये पुरुष तीन हजार ३२४ र महिला २२० गरी तीन हजार ५४४ जना कोरोनाबाट संक्रमित भएका छन् भने ३७ हजार ८५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । 

तीन हजार ६०३ जनाको रिपोर्ट आउन बाँकी रहेको सो मन्त्रालयले जनाएको छ । यस प्रदेशमा संक्रमितमध्ये एक हजार ९२३ जना उपचारपश्चात निको भएका छन् भने तीन जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ