arrow

पहिरोमा परी सात वेपत्ता, १७ वटा घर पहिरोमा 

logo
प्रकाशित २०७७ असार २० शनिबार
Kedarseu_Gaunpalika.png

बझाङ । बझाङमा पहिरो जाँदा सात जना वेपत्ता भएका छन् । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्वर ८ को एक बस्तीमा पहिरो जाँदा सात जना वेपत्ता भएका हुन् ।

बझाङका प्रहरी नायव उपरिक्षक गणेश बमले गाउँ माथिबाट आएको पहिरोले वडा नम्वर ८ को मल्लेसका १७ घर बगाएको र सात जना बेपत्ता भएको खवर आएको र घटना स्थलमा प्रहरी टोली पठाईएको जानकारी दिए ।

वर्षा भइरहेकाले खोलामा पानीको बहाव बढेका कारण घटनास्थलमा पुग्न समस्या भइरहेको बताइएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ