arrow

जापानले बनायो भुकम्प आउँदा पनि सुरक्षित चल्न सक्ने बुलेट ट्रेन

logo
एजेन्सी,
प्रकाशित २०७७ असार २० शनिबार
bullet-train.jpg

काठमाडौं। जापानले तिव्र गतीमा सुरक्षितरुपमा चल्न सक्ने मात्रै नभइ भुकम्पका बेला समेत चल्न सक्ने बुलेट ट्रेन बनाएको छ। एन ७०० एस नाम दिइएको उक्त ट्रेनले जापानको टोकियो र शिन ओसाकाबीच जुलाई १ देखि सेवा सुरु गरेको हो। यो ट्रेन सन् २०१९ मा परीक्षणका क्रममा ३ सय ६० किलोमिटर प्रतिघण्टाका दरले कुदेको थियो। अहिले २ सय ८५ किलोमिटर प्रतिघण्टाका दरले ट्रेन सञ्चालनमा आएको छ।

जापानले नयाँ किसिमको ट्रेन बनाउँदा आफ्नो देशको मुख्य समस्या अर्थात भुकम्पलाई भने बिर्सिएन। जापान विश्वकै २० प्रतिशत भुकम्प आउने देश हो। यहाँ प्रत्येक वर्ष ६ रेक्टर स्केलसम्मका १ हजार ५ सयभन्दा बढी भुकम्प आइरहन्छन्। सामान्य धक्का त दिनहुँ जसो आइरहने बताइन्छ।

भुकम्पले गराएका पूराना दुर्घटनालाई ध्यानमा राख्दै यो ट्रेन आपतकालिन समयमा आफै नियन्त्रणमा आउँने र तुरुन्तै ब्रेक लाग्ने प्रविधिमा विकास गरिएको छ। यि ट्रेनमा लिथियम आयोन ब्याट्रिहरु पनि प्रयोग गरिएका छन्। इन्जिन बन्द गरेपछि पनि ब्याट्रिको विद्युतले थोरै गतीमा ट्रेनलाई सुरक्षित स्थानमा लैजान सकिने छ।

जस्तै ट्रेन पुलमा या अन्य कुनै असुरक्षित स्थानमा छ भने भुकम्प आइरहेको अवस्थामा ट्रेनलाई तुरुन्तै बन्द गरेर ब्याट्रिको विद्युतले पुलबाट केहि पर लैजान सकिनेछ। जापानमा भुकम्प पूर्व सूचना प्रणाली निकै विकसित रहेको छ। त्यस्तै यो ट्रेनको सिटहरु एवं अन्य व्यवस्थापनमा पनि सुधार ल्याइएको छ। सुरक्षाका लागि अन्य थुपै प्रविधि प्रणालीको जडान गरिएको छ। यो ट्रेन पूरानै मोडलको अपग्रेडेड हो।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ