arrow

आफ्नै घर अगाडि वडाध्यक्ष शाहलाई मोटरसाइकलले हान्यो 

logo
प्रकाशित २०७७ असार २० शनिबार
Tulsipur_Upmahanagarpalika.png

तुलसीपुर । मोटरसाइकलको ठक्करबाट तुलसीपुर उपमहानगरपालिका – ५ का वडाध्यक्ष वीरेन्द्र शाह घाइते भएका छन् । 

शाहलाई शनिबार बिहान करीब ९ बजे आफ्नै घर अगाडि रा ५ प ५५३ नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो । 

शाहलाई सिटी अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि नेपालगञ्ज लगिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक चक्रडम्बर पालले जानकारी दिए । 

शाहकोे खुट्टामा गम्भीर चोट लागेको प्रहरीले बताएको छ । 

मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ