- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) को महामारीका कारण प्रभावित भएका पोर्चुगलका निम्न बर्गीय परिवारलार्ई लक्षित गरेर एक नेपालीले निःशुल्क खाना अभियान सञ्चालन गरेका छन् ।
बाग्लुङ दमेकका ४६ वर्षीय टंक सापकोटाले पोर्चुगलका निम्न बर्गीय परिवारका लागि निःशुल्क खाना अभियान सञ्चालन गरेका हुन् । इटालीयन सेफका रुपमा चर्चित सापकोटाले राजधानी लिस्बनका २५ सय परिवारका करिब १० हजारलाई निःशुल्क खाना खुवाउने अभियान सञ्चालन गरिएको जानकारी दिए ।
कोरोनाको महामारीका कारण रोजीरोटी गुमाएका लिस्बन महानगर अन्र्तगतका २४ वटै वडाका बिपद्मा परेका परिवारलाई निःशुल्क खाना खुवाउन लागिएको हो । “हामी एक्लैले संसार बदल्न त सक्दैनौं, तर संसार बदल्न सहयोग गर्न सक्छौं” भन्ने मूल नाराका साथ सापकोटाले कोरोनाको महामारीबाट प्रभावित भएकाहरुलाई लक्षित गरि १० हजार पिज्जा निःशुल्क खुवाउन लागेका हुन् ।
२५ बर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका सापकोटा इटालीयन खानाका लागि युरोपमा प्रख्यात छन् । इटालियन सेफका रुपमा चर्चित सापकोटा पाोर्चुगलका एक सफल व्यवसायी पनि हुन् ।
कोरोनाको महामारीबाट प्रभावित भई समस्यामा परेका परिवारलाई एक छाक मात्र भएपनि खाना खुवाएर सहयोग गरौं भन्ने उद्धेश्यले निःशुल्क खाना अभियान सञ्चालन गरिएको सापकोटाले बताए । “हामीले परोपकार र बिशुद्ध सेवाभावले निःशुल्क खाना अभियान सञ्चालन गरेका हौं,–‘सापकोटाले भने । बिपद्का बेला सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ, निस्वार्थ सेवा गर्नुपर्छ भनेर सकारात्मक सन्देश प्रवाह गर्ने हाम्रो प्रयास हो ।”
सापकोटाले उक्त अभियानका लागि घुम्ती शिबिरकै रुपमा खाना पकाउने ब्यबस्था मिलाएका छन् । जसका लागि ३१ हजार युरो अर्थात् झण्डै ४१ लाख नेपाली रुपैयांको लागतमा पिज्जा पकाउने चुल्हो (र्फोनो) खरिद गरि मोबाईल चुल्हो कै रुपमा सञ्चालनमा ल्याएका छन् ।
गत १६ जुनदेखि लिस्बनको बेलेई बाट शुरु भएको अभियान आगामी ११ जुलाई सम्म सञ्चालन हुने सापकोटाले जानकारी दिए । घुम्ती शिबिर भएका कारण चुल्हो पू¥याउने, खानाको तयारी गर्ने लगायत फिल्डमै सिंगो रेष्टुरेन्ट सञ्चाल गर्नुपर्ने हुँदा धेरै खट्नुपरेको छ । कोरोना कहरका बिच सर्तक भएर काम गर्नुपर्ने चुनौती पनि छ । तर समस्यामा परेकालाई खाना खुवाउन पाउंदा आनन्दको अनुभूति भएको छ– सापकोटाले भने । सापकोटाका अनुसार तयारीको काम दिनको १ बजेबाटै शुरु हुन्छ । सांझको खानालाई लक्षित गरिएकाले खाना बितरण भने सांझ ६ देखि राति १० बजेसम्म गरिएको छ ।
सापकोटाको उक्त अभियानलाई लिस्बन महानगरले समेत साथ दिएको छ । सापकोटाका अनुसार खाना बितरणको ब्यबस्थापन र संयोजन महानगरले गरिरहेको छ । “हाम्रो अभियानलाई महानगरले समेत बिशेष महत्व दिएर साथ दिएको छ । महानगरका उपमेयर समेत दैनिक जसो अभियानमा सहभागी हुन आउनुहुन्छ । उहांको उपस्थितीले हामीलाई थप उर्जा र हौशला मिलेको छ– सापकोटाले खुशी ब्यक्त गर्दै भने ।” महानगरका केही सरकारी कर्मचारी सहित ५ सय जनाले स्वतस्र्फूत रुपमा यो अभियानलाई स्वायंसेवकका रुपमा सघाएको सापकोटाले बताए । निःशुल्क खाना अभियानलाई महानगरका उच्च अधिकारीहरुले समेत अनुकरणीय काम गरेको भन्दै प्रशंसा गर्ने गरेको उनले सुनाए ।
उक्त अभियानमा सापकोटा सहित १५ जना कामदार खटेका छन् । एक दिनमा तीन सय पिज्जा बितरण गर्ने लक्ष्यका साथ काम भईरहेको उनी बताउंछन् । खानाको तयारी देखि लिएर पिज्जा पकाउने सबै काम फिल्ड बाटै गरिएको छ । ताजा र गुणस्तरयुक्त खाना खुवाउने अभिप्रायले घुम्ती शिबिर सञ्चालन गरिएको सापकोटाको भनाई छ । तयार भएको खाना घर सम्मै पू¥याउने ब्यबस्था समेत मिलाईएको उनले बताए । खाना पुर्याउन सम्बन्धित ब्यक्तिको घरमा पूग्दा उनिहरुले खुशी ब्यक्त गर्दै धन्यवाद दिने गरेको सापकोटाले सुनाए ।
सापकोटाको उक्त अभियानको ब्यबस्थापनमा भने उनका दाजु लक्ष्मी प्रसाद सापकोटा जुटेका छन् । रेष्टुरेन्ट ब्यबसायी समेत रहेका उनले टंक सापकोटाको यो अभियानले नेपालीको गौरव बढाएको प्रतिक्रिया दिए । शुक्रबार सम्म १५ वटा वडाका करिब ६ हजारलाई खाना खुवाइएको सापकोटाले जानकारी दिए ।
महानगरले उपलब्ध गराएको सुचिका आधारमा गरिब तथा बिपन्न परिवारलाई खाना बितरण गरिएको छ । सापकोटाका अनुसार एक महिने निःशुल्क खाना अभियानका लागि करिब ९७ हजार युरो अर्थात् एक करोड बढी नेपाली रुपैयां खर्च हुने अनुमान गरिएको छ । यसरी निःशुल्क रुपमा खुवाउन लागिएको पिज्जाको प्रति मूल्य करिब ७ युरो अर्थात् नौ सय नेपाली रुपैयां पर्न आउने सापकोटाले बताए ।
सापकोटाले यसअघि पनि कोरोना महामारीबाट प्रभावित भएकाहरुका लागि आफ्नो रेष्टुरेष्टबाट भएको आम्दानीको १० प्रतिशत रकम ४ हजार ३ सय २६ युरो अर्थात् साढे ५ लाख भन्दा बढी नेपाली रुपैयां सहयोग स्वरुप प्रदान गरेका थिए । सो रकमको ५ प्रतिशत बैंको एलिमेन्टर (खाद्य बैंक) लाई र बांकी ५ प्रतिशत रकम लिस्बनका लागि अवैतनिक नेपाली बाणिज्यदूत मकर बहादुर हमालको संयोजकत्वमा गठित कोरोना राहत तथा जनचेतना समिति पोर्चुगललाई प्रदान गरेका थिए ।
सापकोटाको आफ्नै लगानीमा पोर्चुगलको राजधानी लिस्बनमा तीन वटा इटालियन र दुई नेपाली गरी पाँच ठूला रेष्टुरेन्ट सञ्चालनमा रहेका छन् । सापकोटाले सञ्चालन गरेका र्फोनोे दी ओरो रेष्टुरेन्ट विश्वकै उत्कृष्ट २० पिज्जा बनाउने रेष्टुरेन्ट मध्येको एक हो । जहाँ सुनको चुल्होमा खाना पकाईन्छ ।
संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘न्यापोलितान पिज्जा’ बनाउने (दाउरा बालेर ईंटाको ताप्केमाथि पिज्जा बनाउने अद्वितीय सांस्कृतिक र खानपानको परम्परा) कलालाई विश्व सम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेका दुई वटा रेष्टुरेन्ट समेत उक्त सुचिमा समावेश भएका छन् ।
सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरि ल्याएका बिश्वकै ठूलो र दूर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए ।
उनले इटालियन खानामा प्रदर्शन गरेको कला, कौशल र क्षमता कै कारण दर्जनौं पुरस्कार समेत प्राप्त गर्न सफल भएका छन् । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भए । सापकोटाले आफूले आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई समेटेर इटालीयन र नेपाली खानाका विषयमा ‘सिँ सेफ’ नामक पोर्चुगिज भाषामा पुस्तक समेत प्रकाशन गरेका छन् ।